Breaking

जनमत सम्हाल्दै गठबन्धन, उल्टाउदै ओली, जहाँ जहाँ गठबन्धनको भेला त्यहि एमालेको काउन्टर


काठमाडौँ — स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा दल तथा उम्मेद्वारहरुले चुनावी सभालाई तिव्रता दिएका छन । शिर्ष नेताहरु आफ्ना उम्मेद्वारको जित सुनिश्चितता गर्न दौडधुप बढाएका छन् । यहिबीचमा सत्तागठबन्धनले पनि मुख्य मुख्य स्थानमा चुनावी सभा गर्दै माहोला आफ्नो पक्षमा पार्न लागि परको छ भने ओली गठबन्धनलाई पछ्याउदै छन् । सत्ता गठबन्धनले चुनावी सभा गरेकै स्थानमा काउन्टर दिदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधुप बढ्दो छ ।

हिजो गठबन्धनले सभा गरेको वुटवलमा पुगका उनले ५ दलीय गठबन्धन बनेपछि देशमा अलच्छिन पसेको आरोप लगाए । यसलाई जनताले वैशाख ३० गतेको चुनावमा जरादेखि टक्टक्याएर फ्याक्ने बताएका उनले निर्वाचन आयोगलाई निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित बनाउन आग्रह समेत गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गठबन्धनले चुनाव हारेमा देश दुर्घटनामा पर्छ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आयोगलाई धम्क्याउने तर्साउने काम भइरहेको आरोप लगाएका थिए । यसअघि विराटनगरको चुनावी सभामा समेत उनले यहि कुरा दोहोर्याएका थिए ।

गठबन्धनले सम्हालेको वावातावरण विच्काउने गरी शनीबार सुनसरी पुगेका उनले प्रचण्डको अभिव्यक्तीलाई माकाफुईंको संज्ञा दिएका थिए । बाँदरले रूखको हाँगो हल्लाएर अरूलाई तर्साउन खोज्नुलाई नेवारी भाषामा माकाफुईं भनिने बताएका उनले आज विहान ललितपुरमा आयोजित पार्टीको पत्रकार सम्मलेनमा पनि तितो पोखेका थिए । विष बमन गर्ने काम गठबन्धनको भएको बताउँदै जनतालाई भयरहीत वातावरणमा चुनावमा सहभागी गराउनु पर्ने भएपनि जनतालाई त्रास र धम्की दिइरहेकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका थिए ।

आजै चितवनमा पुगेका उनले त्यहा पनि गठबन्धन माथि खनिन छाड्नन् । यता सत्ता गठबन्धनको पनि दौडधुप कम छैन । पाँचै दलका शिर्ष नेताहरु उतारेर आफ्नो पक्षमा माहोल बनाउने कार्यमा गठबन्धन युद्धस्तरमा लागेको छ । विराटनगर, चितवन,जनकपुर,वुटवल लगायतका मुख्यमुख्य शहरमा सभा आयोजना गरेको गठबन्धका नेताहरु एकैदिन तीन चारओटा सभामा समेत भाषण दिन भ्याईरहेका छन । जहाँ माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्को स्वर हुने गरेको छ ।

जसपा अध्यक्षद्धय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव कुनै पनि सभामा नजाँदा कांग्रेस नेता विमलेन्द्र निधिले त जनकपुर सभा नै वहिष्कार गरेका थिए । यो परिप्रेक्षमा गठबन्धनका नेताहरुलाई विद्यमान परिस्थिती सम्हाल्न समेत निकै गाह्रो भईरहेको छ । त्यसमा ओली आगो झोसिरहेका छन । फलत ः गठबन्धनका नेताहरुले पनि ओली प्रतिको प्रहार चर्को बनाउन थालेका छन । यहिबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबाट सबैभन्दा बढि फाईदा कांग्रेसलाई भएको बताएका छन भने प्रचण्डले सत्तारुढ गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको दोहोर्याएका छन ।

चुनावमा अहिलेको गठबन्धन असफल भए देशको राजनीति दुर्घटनामा पर्छ भनेकोमा प्रष्टोक्ती दिएका उनले जनता धम्क्याएको भनेर गलत अर्थ लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । स्थानीय तहको निर्वाचन तर लडाई केन्द्रको बनिरहदाँ शिर्षस्थ नेताहरुको समय आरोप प्रत्यारोपमै वितिरहेको छ । एजेन्डामा भन्दा एक ले अर्कालाई खुईल्याउन व्यस्त उनीहरुले आफ्नो कार्यको औचित्य पुष्टि मै समय खर्च गरिहेको छ । निर्वाचन आचारसंहिताको ख्यालसमेत नराखी तल्लो स्तरमा आएका उनीहरुका गतिविधिमा निर्वाचन आयोग भने मौन देखिएको छ ।