Breaking

सत्ता गठबन्धनलाई ओलीको काउन्टर, जहाँ जहाँ गठबन्धनको प्रश्न त्यही पुगेर जवाफ फर्काउँदै


काठमाडौँ — बैशाख ३० अर्थात अबको पाँच दिन पछि स्थानीय तहको निर्वाचन हुँदैछ । मुलुकभर एकै पटक ७५३ वटा स्थानीय तहमा हुने निर्वाचनले पाँचवर्षे अवधिका लागि ३५ हजार २ सय २१ जनप्रतिनि चयन गर्दैछ । जसका लागि यति बेला १ लाख ३६ हजार २६९ जना चुनाबी दौडमा छन् ।
स्थानीतहका उम्मेदवार यति बेला भोट माग्दै घरघरमा पुगिरहेको बेला शिर्षत नेताहरुलाई भने चुनावीसभालाई सम्बोधन गरेर भ्याइ नभ्याई छ ।

शिर्ष नेतासहितको सम्बोधन पार्टीको शक्ति प्रदशर्न पनि भएकाले होला प्रंमुख राजनीतिक दलका नेताहरु विभिन्न शहरमा पुगेर कार्यकर्ता तान्ने होडबाजीनै चलेको छ । विपक्षी भन्दा एक कदम अगाडी बढेर सभा सम्मेलन गरी रहेको सत्ता गठवन्धलाई एमालले अहिले काउण्टर दिइरहेको छ । यस अघि चितवनामा पाँच दलिय सत्ता गठवन्धको चुनावीसभा हेरेको एमालले आज आफ्नो शक्ति प्रदर्शन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वयम आफु चितवन पुगेर सभालाई सम्बोधन गरेका छन् ।

बैशाख २२ गते चितवनमा आम सभा गरेको सत्ता गठबन्धले त्यसको भोलि पल्ट अर्थात बैशाख २३ गते काठमाण्डौको शान्ती बाटिकामा सभा गर्यो । चुनावी तालिका बनाएरै देशव्यापी रुपमा आमसभा गर्दै हिडेको गठबन्धले ठूला शरह छानेर आफ्नो शक्ति प्रदर्शन गरीरहेको छ । बैशाख २४ गते मधेस झरेर प्रचण्डले जनकपुरमा सम्बोधन गरे । हिजो शनिवार मधेसलाई सम्बोधन गरेको गठबन्धले आज पोखरामा आम सभा गरेको छ । सत्ता गठबन्धको सभालाई एमालले एकपछि अर्को काउण्टर दिएको छ ।

आइतबार चितवन र बुटवलमा एकै पटक चुनावी सभाको आयोजना गरेको एमालेले चितवनको सम्बोधन सकेर अध्यक्ष ओली बुटवल पुगे । गठबन्धनले पोखरामा आफ्नो शक्ति देखाउदै गर्दा एक्लै चुनावमा होमिएको एमालले पनि बुटवल छानेको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजबादी पार्टी, जनता समाजवादी, र राष्ट्रिय जनमोर्चासहित पाँच दलिय सत्ता गठवन्ध र नेकपा एमाले राप्रपासहितका साना दल निर्वाचनमा छन् ।

मुलत पाँच दलिय सत्ता गठबन्ध र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यसका बीचमा पनि काठमाण्डौै महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह र चितवनमा कांग्रेसबाट बागी उठेका जगनाथ पौडेले गठबन्धका लागि भारी परेका छन् ।