देश

काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप


काठमाडौँ — रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । आपसी विवादका क्रममा दुई पक्षीयबीच झडप भएको हो । झडपका क्रममा १० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले झडप भएको पुष्टि गर्दै दुबै पक्षका गरी १० जना घाइते भएको बताए । मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा छ ।