Breaking

हामीले चाह्यौं भने गठबन्धन भत्काउन ७ दिन पनि लाग्दैन: ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आफूले चाहे गठबन्धन भत्काउन ७ दिन पनि नलाग्ने बताएका छन् । पार्टी कार्यालय, च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘हामीले चाह्यौं भने यो एक हप्तामा त ढल्छ, ढल्छ ।’

कसरी भन्ने प्रश्नमा उनेल भने, ‘केही भन्नै परेन नि विरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन रु जसले ठूलो कचौरामा दूधभात दिन्छ, उस कहाँ जान्छ । त्यसको कुनै सवाल जवाफ छ माओवादीलाई कांग्रेसले भन्दा राम्रो प्रस्ताव गर्नुहुन्छ भन्ने प्रतिप्रश्नमा उनले भने, ‘विरालोको हकमा हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ ।’