Breaking

मादक पदार्थ बिक्री वितरणमा निषेध


काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्न बन्देज लगाएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै २०७९ वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा बन्देज लगाएको जनाएको छ ।

जस अनुसार स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ मादक पदार्थ निषेध गर्ने मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९र०१र२७ गते मंगलबार राती १२स्०० बजे देखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नु रनगराउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

त्यस्तै मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरु बाहेकका सवारी साधनहरु बिहान ६स्०० बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म सञ्चालन नगर्नुरनगराउनु हुन कार्यालयले आग्रह गरेको छ । सूचना विपरितका कार्य तोकिएको अवधिमा गरेरगराइएको पाइएमा कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ।