देश

देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको आरोप


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् । भरतपुरमा आज आइतबार पार्टीले आयोजना गरेको आभसभामा बोल्दै उनले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरे । शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता रु पार्टी सिद्धियो कांग्रेसको मैले केही भन्न पर्लाजस्तो छैन’ उनले भने ।