देश

घरदैलो कार्यक्रममा ‘सगुन’ खाँदा उम्मेदवारहरु बिरामी


काठमाडौँ — सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का उम्मेदवार सहित ३ जना गाउँलेले दिएको ‘सगुन’ खाँदा बिरामी परेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष इस्तिहार सहित ३ जना बिरामी भएका हुन् । भोट माग्दै जाँदा हरिवनका गाउँका स्थानीयहरुले उम्मेदवारसहितका निर्वाचन प्रचारप्रसारमा रहेका टोलीलाई ‘सगुन’ भन्दै खानेकुरा खान दिएका थिए ।

सोही खाएपछि शेष सहित उमा साह र पूर्णिमा कार्की पनि बिरामी बनेकी छन् । बिरामी भएकामध्ये उम्मेदवार शेष लगायतलाई स्थानीय अस्पतालमा उपचार गराउँदा पोइजनिङ देखिएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । बिरामी भएकामध्ये शेषलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ भने बाँकी दुई जनाको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।