देश

धेरै दम्भ गरे ओलीको जस्तो हालत हुने नेपालको तर्क


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू मात्रै ठूलो छु भनेर कसैले पनि दम्भ गर्न नहुने बताएका छन् । धेरै दम्भ गरे नेकपा एमालेका अध्यक्ष केपी ओलीको जस्तो हालत हुने उनले चेतावनी दिएका हुन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सबैलाई जानकारी होस् कहिले कम्युनिस्टलाई हामी धेरै शक्तिशाली छौँ भन्ने दम्भ हुन्छ ।

कहिले काँग्रेसलाई हामी धेरै शक्तिशाली छौँ भन्ने दम्भ हुन्छ । त्यो दम्भ नराख्नुहोस्, केपी को विनाश भयो, तपाईंको पनि हुनसक्छ । सबैको शक्तिलाई स्वीकार गर्नुपर्छ ।’ उनले गठबन्धन गरेर आफूहरूले सही निर्णय गरेको बताउँदै गठबन्धनबारे भ्रममा पर्न आवश्यक नरहेको जिकिर गरे । उनले गठबन्धन गरेर देश र गणतन्त्र जोगाएको दाबी पनि गरे ।