Breaking

गठबन्धन सरकार बनेपछि देशमै अलच्छिन पसेको ओलीको टिप्पणी


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि देशमै अलच्छिन पसेको टिप्पणी गरेका छन् । आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले पैसा छैन भन्दै विकासे आयोजनाका बजेट काटेको भन्दै एमालेले कहिल्यै पैसा छैन नभनेको दावी गरे । यो बाटो चौडा गर्न पैसा छैन भनेन, मेडिकल कलेजका लागि पैसा छैन भनेन’, उनले भने ‘अर्को सभागृहका लागि पैसा छैन भनेन, अरु बाटाहरु र नदी नियन्त्रणका लागि पैसा छैन भनेन ।

उनले एमाले नेतृत्वको सरकारले देशभरका विकास निर्माणका काममा पैसा छैन भनेर नभनेको भन्दै भने, ‘यो गठबन्धन आयो पैसा छैन मात्रै भन्छ । उनले कस्तो अलच्छिन पस्यो देशमा भनेर प्रश्न गरे । कस्तो अलच्छिन पस्यो देशमा देशमै अलच्छिन पस्यो । यो ३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरैसमेत उखेलेर र टकटक्याएर फाल्नुपर्छ’, ओलीको टिप्पणी छ । उनले वैशाख ३० गतेको निर्वाचनले फ्याक्ने कामको सुरुवात हुने पनि उनले बताए । उनले आफु देशभरका कार्यक्रममा जाँदा जनताले मुलुकमा पाँच दलीय गठबन्धन छ भन्ने नै थाहा नभएको भन्दै एमाले मात्रै छ भन्ने जनताले बुझेको बताए ।