देश

देउवा र प्रचण्डबीचको प्रेम छिट्टै अंगभंग हुनेछ : पाण्डे


काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको प्रेम छिट्टै र अंगभंग हुने बताएका छन् । आइतबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले शेरबहादुर देउवाले चितवन आएर रेनु दाहाललाई भरतपुरको मेयर उम्मेदवार बनाउन आफुले नै सुझाव दिएको प्रसंग निकाल्दै उहाँहरूबीच बसेको प्रेम दिगो नहुने बरु छिट्टै टुट्ने टिप्पणी गरेका हुन् । शेरबहादुर देउवाजीले भन्नुभएछ ।

मेरो जोडले पो हो रेनुजीलाई मेयरको उम्मेदवार बनाएको हो । प्रचण्डजी त पर्दैन भन्दै हुनुहुन्थ्यो देउवाको भनाइ उदृत गर्दै पाण्डेले भने, रेनुलाई मेयर बनाउन शेरबहादुर र प्रचण्डबीच ज्यादै ठुलो प्रेम बसेछ । यहाँहरुलाई म भन्न चाहान्छु– शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो छ, कमजोर छ भन्ने कुरा धेरै परसम्म पर्खनुपर्दैन । यो चाउरे पिरती केही दिनमै टुट्ने र अंगभंग हुनेवाला छ । नेता पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाप्रति पनि टिप्पणी गरे । ‘उहाँले भन्नुभएछ हामीले चुनाव हारेका ठाउँमा बजेट दिँदैनौ । क्याबात यो राणाशासन होइन, यो लोकतन्त्रको युग हो । तपाईको गोजीको पैसा होइन, जनताले कर तिरेर जम्मा भएको पैसा हो, त्यसैले तपाईले छरेका भ्रम जनताले पत्याउँदैनन् ।