Breaking

रातो सूर्यलाई हरियो बनाउने षड्यन्त्र गरेको आरोप


काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धन बाहेकका कुनैपनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
आज आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयोगले काँग्रेसको कुरा मात्रै सुनेर निर्वाचन मतपत्रको रङ परिवर्तन गरेकोले यो मुद्दा हाल्नुपर्ने विषय भएको बताउनु भयो । अध्यक्ष ओलीले मतपत्रको रङ फेर्ने कुरा स्वच्छ नभएको बताउँदै रातो सूर्यलाई पनि हरियो बनाउने षड्यन्त्र गरेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले निर्वाचन आयोगलाई पहिला आफूले गरेको आचारसंहीताको कार्यान्वयन आपैmँले पालना गर्न सुझाव दिनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा दिएको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवा डराएर रेणु दाहाललाई आफैले भरतपुरको मेयरमा उठाएको भन्ने भाषण गरेको बताउनु भयो । उहाँले ठूला नेताहरुले आचारसंहीता मिच्दा आयोग आँखामा पट्टी लगाएर बसेको भन्दै यस्ता कुरामा नमुछिन आयोगलाई आग्रह गर्नुभयो ।