Breaking

कांग्रेसले देशलाई पछाडि फर्काउने काम गरेको ओलीको आरोप, देशको सच्चा पहरेदार एमाले मात्रै


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले देशलाई पछाडि फर्काउने काम गरेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज पत्रकार सम्मेलन गरेर ओलीले कांग्रेसकै कारण देश पछि परेको आरोप लगाउनुभएको हो ।

ओलीले देशको सच्चा पहरेदार एमाले मात्रै भएको जिकिर पनि गर्नुभयो । ओलीले संविधानको रक्षा र देशलाई थप संकटबाट जोगाउन आफूले संसद् विघटन गरेर ताजा जनादेशमा जाने निर्णय लिएको स्पष्टिकरण पनि दिनुभयो ।

ओलीले संघ र प्रदेशको निर्वाचन सुनिश्चित गर्दै एमालेको नेतृत्वमा सबै तहमा सरकार बनाउने अभियानमा साथ ओलीले अपिल गर्नुभयो । वर्तमान सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको ओलीको दाबी छ ।