Breaking

कांग्रेसलाई भोट हाल्ने कम्युनिष्ट हुनै नसक्ने भीम रावलको भनाई


काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले सच्चा कम्युनिष्टले काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले दक्षिणपन्थी भन्दै आएको काँग्रेसलाई भोट हाल्ने कसरी कम्युनिष्ट हुन सक्छन् भनेर प्रश्न गरे ।

कम्युनष्टि र कांग्रेसको कुनै पनि आधारमा एकता सम्भव नै नहुने पनि स्पस्ट पारे । आफूलाई कम्युनिष्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी कांग्रेससँग एकता गर्नेले आफ्नो सत्ता स्वार्थका लागि जनतामाथि धोका दिएको उनले जिकिर गरे ।

सच्चा कम्युनिष्ट पार्टीले काँग्रेसलाई भोट हाल्न नसक्ने उनको भनाइ छ । रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्‍न आग्रह गरे । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निमार्णका कार्यले तीव्रता पाउने बताए ।