Breaking

सत्तागठबन्धनले पोखरा र दाङमा संयुक्त चुनावी सभा गर्दै, भरतपुरमहानगरमा एमालेको चुनावी सभा


काठमाडौँ – सत्तागठबन्धनले आज कास्कीको पोखरा महानगरपालिका दाङका तुलसीपुर र घोराही उपमहानगरपालिकामा संयुक्त चुनावी सभा गर्ने भएका छन् । सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबनधन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

पोखराको सभा सकेर नेताहरू दाङ पुग्ने तय गरिएको छ । त्यस्तै सत्तागठबन्धनले आज नै दाङका दुई ठाउँमा चुनावी सभा गर्ने भएका छन् । तुलसीपुर र घोराहीमा चुनावी सभा आयोजना गरिएको छ । तुलसीपुरको अरणी मैदानमा सभा आयोजना गरिएको कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले बताउनुभयो ।

तुलसीपुरको कार्यक्रम समेत नेताहरु घोराहीको सभामा जाने कांग्रेस दाङले जनाएको छ । सत्तागठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उम्मेदवार हुनुहुन्छ ।

घोराही उपमहानगरमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा मेयरमा र कांग्रेसका नेता भुपबहादुर डाँगी उपमेयरमा उम्मेदवार हुनुहुन्छ । दाङका १० पालिकामध्ये तुलसीपुर, घोराही र बंगलाचुलीमा मात्रै सत्तागठबन्धन दलले तालमेल गरेका छन् ।

यस्तै, एमालेले चितवनको भरतपुर महानगरपालिकामा आज चुनावी सभा गर्दै छ । सभालाई एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरुले सम्बोधन गर्ने तय गरिएको छ ।