राजनीति

नेतालाई जनताले गराए तमसुक


काठमाडौँ – दैलेख भैरवी गाउँपालिकाका मतदाताले उम्मेदवारलाई तमसुक गराएका छन् । घोषणापत्रमा एउटा र जिते हात पारेपछि काम अर्कै गर्ने भएपछि बाचा पूरा नगरे राजीनामा गर्छु भन्नेमा उम्मेदवारलाई मतदाताले औँठाछाप नै गर्न लगाएका हुन् ।

स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी रहँदा दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन् ।

तर, चुनावमा जिताएर गाउँका सिंहदरबारमा एकपटक जनप्रतिनिधि पुयाइसकेका मतदाताले अहिले घोषणा पत्रलाई विश्वास गर्न छाडेका छन् ।