राजनीति

गाउँपालिका अध्यक्ष अब्दुल वारिकको निधन


काठमाडौँ – धनुषाको जनकनन्दिनी गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेषको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित अब्दुलको ७० वर्षको उमेरमा निधन भएको हो ।

शनिबार दिउँसो कांग्रेसको बैठकमा सहभागी भएर घर फर्किएका अब्दुलको साँझपख निधन भएको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले जानकारी दिनुभयो ।

अब्दुल २०७४ मा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसपटकको निर्वाचनमा भने उहाँ उम्मेदवार बन्नुभएको थिएन ।