काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि दाबेदार लिभरपुल टोटेनहमसँग बराबरीमा रोकिएको छ । टोटेनहमसँग १–१ गोलको बराबरीमा रोकिएसँगै लिभरपुल हारबाट जोगिएको हो ।
खेलको ५६औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७४औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याएका हुन् ।
यस बराबरीसँगै लिभरपुलले ३५ खेलबाट ८३ अंक जोडेको छ । लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहम ६२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया