राजनीति

एमालेको घरदैलो कार्यक्रममा उर्लियो जनलहर


काठमाडौँ – नेकपा एमालेले सोलुदुधकुण्ड नगरपालिकामा गरेको चुनावी घरदैलो कार्यक्रममा जनलहर उर्लिएको छ । नगरपालिकाको वडा नं. ६ दोर्पूबजारबाट सुरु भएको घरदैलो कार्यक्रममा हरेक जसो घरबाट मतदाताहरु निस्कदै ¥यालीमा सहभागी भएका थिए ।

सुरुमा २०/२५ जनाबाट सुरु भएको घरदैलो कार्यक्रममा हरेक घरबाट मतदाताहरु थपिदै थपिदै नयाँ बजारमा पुग्दा सयौंको संख्यामा सहभागी भएका थिए । नेकपा एमालेबाट मेयरका उम्मेदवार आङ काजी शेर्पा, उपमेयरका उम्मेदवार मोहनकुमारी कार्की, वडा नं. ६ को अध्यक्षका उम्मेदवार मनोजकुमार श्रेष्ठ, वडा नं. ७ को अध्यक्षका उम्मेदवार लालमान श्रेष्ठ, ५ नं. वडाध्यक्षका उम्मेदवार मिबमार तामाब, ४ नं. वडा अध्यक्षका उम्मेदवार युवास तामाङ लगायतले मतदाताहरुसँग सूर्य चिन्हमा मतदान गरी भारी मतले विजय गराउनुहुन अनुरोध गर्नुभएको थियो ।

घरदैलो कार्यक्रममा सयौं एमाले समर्थक मतदातासहित प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी एवं जिल्ला तहका नेता तथा कार्यकर्ताको पनि सहभागिता थियो । सोलु दुधकुण्ड नगरपालिकाको ११ वटै वडा एमालेमय भएको र यसपटक एमालेले क्लीन स्वीप गर्ने मेयरका उम्मेदवार शेर्पा र उपमेयरका उम्मेदवार कार्कीले बताउदै आउनु भएको छ । नयाँ बजारमा पुग्दा दर्के पानी पर्न थालेपछि एमालेको घरदैलो कार्यक्रम प्रभावित भएको थियो ।

हेर्नुहोस्, घरदैलो कार्यक्रमका फोटोहरु: