Breaking

धम्की दिएर भोट माग्दैदेशको फस्ट लेडी,भोट नदिएपैसा नदिने,देउवाको आडमा आरजुको दम्भ


काठमाडौँ — एकसातापछि देशमा दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । राजनीतिक दलहरुसमेत मत माग्न जनताको घरदैलो र आमसभामा व्यस्त छन् । तर देशको नेतृत्व तहमा रहेका व्यक्तिहरु नै मतदाता धम्क्याउन लागिपरेका छन् । निर्वाचनका बेला जनतासँग भोट माग्न पाइन्छ । भोट माग्दै गर्दा जनतालाई खुशी बनाउन पनि पाइन्छ । खुशी बनाएकै कारण भोट पाएर निर्वाचन जित्नु झनै गजब कुरा हो । तर भोटकै नाममा धम्क्याउन भने पाइँदैन । भोट नदिए विकासका लागि पैसा नै पठाउँदैनौं भन्न पनि पाइँदैन । किनकी राज्य कसैको पेवा होइन ।

तर देशको प्रमुख कार्यकारी पदको कुर्सीमै विराजमान प्रधानमन्त्रीकै पत्नीबाट जनता धम्क्याउने काम भएको छ । अनुचित लोभ देखाएर जनता फसाउने काम भइरहेको छ । काँग्रेसलाई भोट नदिए किन पैसा पठाउँने भन्दै मतदातालाई धम्क्याउने र थर्काउने मात्रै होइन, जबरजस्ती रुखमै भोट हाल्न बाध्य पारिँदैछ । काँग्रेसले जित्यो भने शेरबहादुर दाई, आरजु भाउजू भन्दै फोन गर्नुसक्नुहुन्छ । तर जहाँ काँग्रेसको मेयर नै हुँदैन, त्यहाँ किन पैसा पठाउँछौं । हामीले नपठाए कसले पठाउँछ भन्दै प्रधानमन्त्री पत्नी राणाले जनता धम्क्याउने काम गरेकी हुन् ।

प्रधानमन्त्रीकै गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिकामा आयोजित सभामा राणाले गरेको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।त्यसको २४ घण्टा नवित्दै राणाले अर्काे विवादास्पद र मतदाता प्रलोभनमा पार्ने भाषण गरेकी छन् ।धनगढीको चुनावी सभामा ५÷६ जनालाई फ्रि भिसामा मलेसिया पठाइँदिने दाबी गरिन् । राणा खान्दानमा हुर्के बढेकी, नामका अगााडी डाक्टर लेख्न पीएचडी पनि गरेकी । देशको फस्ट लेडी । उनले त लाखौं लाखा युवालाई देशमै रोजगार दिन्छौं भनेर नीति सुनाउनु पर्ने हो ।तर५÷६ जनालाई खाडीमा पठाउँछौं भनेर, अनि आफ्नो पाटीले नजिते बजेट दिन्नौं भनेर डाक्टरधारी विज्ञताकै अपमान गरेकी छन् ।

जनताले नुनदेखि सुनसम्म किन्दा तिरेको करले जम्मा भएको पैसा कसैको दयामायाले स्थानीय तहले पाउने होइनन् । स्थानीय तहले बजेट प्राप्त गर्नु संवैधानिक अधिकार हो । प्रधानमन्त्री पत्नी राणाले नजानेर बोलेको भए सिक्नु प¥यो । जानेरै बोलेको भए यस्तो अभिव्यक्ति निन्दनीय हो । किनकि उनीहरु राज्यसत्ताकै आडमा जनता धम्क्याएर चुनाव जित्ने दाउमा छन् । शनिबारमात्रै गृहमन्त्री बालकृष्ण खाणले बुटवलबाट राजधानी सार्नेलाई भोट नदिन उर्दी जारी गरेका छन् । सत्तामै रहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बिहिबारमात्रै चितवनको भरतपुरमा छोरी रेनु दाहालले हारे देश संकटमा पार्ने धम्की दिएका छन् ।

मत दिने, नदिने मतदाताको रोजाइको विषय हो, नेताहरुले मतदातालाई मनाउने हो, यथार्थ बताउने हो र भोट दिन राजी बनाउने हो । तर भोटकै लागि एमाले अध्यक्ष ओलीले समेत दोहोरो चरित्र निभाएर मतदाता प्रलोभनमा पार्न खोजिरहेका छन् ।चुनावको मुखमैअदालतको मानहानी हुने गरि टिकापुर घटनामादोषी ठहरीएका रेशम चौधरीले कसुर नै नगरेको ठोकुवा गरेका छन् ।जबकि त्यही मुद्धामा यसअघि एमालेले सबैभन्दा धेरै विरोध गरेको थियो । मतदातालाई बिना दबाब मताधिकारको प्रयोग गर्न दिए सही नेतृत्व चयन गर्न सक्छन् । तर शिर्ष नेतृत्वबाटै जनतामा देखाइएका डर र त्रासकाबीच हुन गइरहेको निर्वाचनबाट योग्य जनप्रतिनिधि आउने सम्भावना कमै देखिन्छ ।