Breaking

निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै नेतृत्व, नियमनकारी नै निरिह


काठमाडौँ — निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र शीर्ष नेताहरु चुनावी अभियानमा व्यस्त छन् । उम्मेदवारहरु भोट माग्दै मतदाताको घर घरमा पुगि रहेका छन् । यता पार्टीका शीर्ष नेताहरु आफ्नो अभिव्यतिm र गतिविधि दुवैमा निर्वाचन आचारसंहिताको खिल्ली उडाईरहेका छन । आगामी शुक्रवार देशैभर स्थानीय तहको निर्वाचन हुँदैछ । उम्मेदवार मतदाताको घर–घरमा पुगेर भोट माग्न व्यस्त छन भने राजनीतिक दलका शीर्ष नेतृत्वलाई चुनावी सभामा सम्बोधन गर्न भ्याईनभ्याई छ । चुनाव स्थानीय तहको भएपनि चुनावको चाप र ताप भने केन्द्रीय तहमा बढि परेका छ ।

चुनावकै चापले होला नेताहरु अभिव्यतिm र गतिविधि दुवैमा उदाङगो बनिरहेका छन् । शीर्ष नेतृत्वले नै निर्वाचन आचारसंहिताको खिल्ली उडाईरहेका छन । विहिवार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी रेनुले भरतपुरमा नजिते देश दुर्घटनामा जाने भन्दै धम्किपूर्ण अभिव्यक्ति दिन भ्याए । विहीबार नै गृहजिल्ला डडेलधुरा पुगेर प्रधानमन्त्री पत्नी आरजु राणाले आफ्नो दलले नजितेका पालिकामा बजेट नै नपठाउने धम्की नै दिइन ।

यो अभिव्यतिको २४ घण्टा पनि वित्न नपाउदै कैलालीमा पुगेर धनगगढीको चुनावीसभालाई सम्बोधन गर्दै त्यहाँका स्थानीयलाई फ्रि भिसा, फ्रि टिकटमा मलेसिया पठाइदिने आश्वासन दिन भ्याईन् । शीर्षस्त नेताहरुको यो अभिव्यतिm निर्वाचन आचारसंहिता विपरित मात्र छैन आफैमा लज्जास्पद र विवादित छ । नेताहरुले आफ्नो राजनीतिक चरित्र उदाङगो मात्र नगरी देश हाँक्ने नेताहरु कति विकृत छन् भने प्रष्टाएको विश्लेषण हुन थालेको छ । नेताहरुको रवैयाले आवधिक निर्वाचन र व्यवस्थाप्रति नै चिन्ता र चासो समेत बढाएको छ ।

निर्वाचन आचारसंहिताको उल्लंघन गर्नेमा प्रधानमन्त्री आफै अग्रपंतिमा छन । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा पछिल्लो समय निरन्तर चुनाव प्रचार प्रसारका कार्यक्रममा सहभागी भइरहेका छन । प्रधानमन्त्री सहभागी हुने चुनावी सभाको लिष्ट लामो छ । काठमाडौको चुनावी सभामा निजी गाडी प्रयोग गरेका प्रधानमन्त्री देउवाले शनिवार बुटवल जाँदा भने नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन् । जवकि आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा सार्वजनिक पद धारण गरेका कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट माग्न नपाउने उल्लेख छ ।

चैत्र २५ गते देखि निर्वाचन आचारसंहिता लागु गरेको निर्वाचन आयोगले आचारसंहिता कार्यन्वयनमा विगत भन्दा केहि कडाई गरेकै छ । मुख्यमन्त्रीदेखि मन्त्री, महानगरका प्रमुख उम्मेदवार मात्र होइन, निर्वाचन पर्यवेक्षण अध्यक्षलाई समेत मतदाता प्रभावित गर्ने गतिविधि गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेकै छ । तर उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न आयोग उदासिन देखिएपछि दलहरु निधक्क आचारसंहिता उल्लंघन गरिरहेका छन् ।

यद्यपि आयोग भने आचारसंहिता कार्यन्वयनमा कडाइ गरिएको दाबी गर्दै आएको छ । चुनावलाई राजनीतिक प्रतिष्ठाको विषय बनाएका राजनीतिक दलका नेताहरुले जोशमा होस् गुमाइरहेका छन । आसन्न निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन आचारसंहिता कार्यन्यवनमा सानोलाई ऐन ठुलालाई चैन भन्ने नेपाली उखान चरित्रार्थ हुँदै गएको छ । जति नै दावी गरे पनि निर्वाचन आयोगले आफ्नो क्षेत्रधिकारको प्रयोग गर्ने सकेको छैन । फलत निर्वाचनमा राज्यको स्रोत र साधनको दुरुपयोग बढ्दो छ ।