Breaking

गठबन्धनविरूद्ध बोल्नेलाई कारबाही गर्ने देउवाको चेतावनी


काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनविरुद्ध बोल्ने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । जनकपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई अब पराजित हुने छुट नभएको बताएका छन् । यो भगवान राम सीताको गठबन्धन भएको पवित्र ठाउँ हो । यहाँ हाम्रो गठबन्धन कमजोर हुँदैन । अहिले देशभरि गठबन्धनको पक्षमा यस्तो माहोल बनेको छ कि त्यो भनेर साध्य छैन,’ उनले भने, कतै कतै असन्तुष्टि होलान् तर हामी सबै अनुशासनमा बस्नुपर्छ ।

गठन्धनको विरोध सह्य हुँदैन । गठबन्धनविरुद्ध बोल्नेलाई पनि पार्टीले कारबाही गर्छ । धेरैलाई गरिरहेको पनि छ ।’ उनले चितवनमा केही समस्या देखिए पनि अहिले त्यो समाधान भइसकेको पनि दाबी गरे ।‘गठबन्धनमा कहिँकतै समस्या छैन । चितवनमा अलि अलि समस्या देखिएको थियो तर अहिले सबैलाई हावा खाइसके,’ उनले थपे, ‘बागी बनेर पार्टीको झन्डा बोक्नेलाई कारबाही हुन्छ ।’