Breaking

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप


काठमाडौँ — नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा ३ जना घाइते भएका छन् । आठबीसकोट र चौरजहारी नगरपालिकामा छुट्टाछुट्टै घटना भएको हो । घटनामा परी १० जना घाइते भएका छन् । आठबीसकोट नगरपालिकाको ३ नम्बर वडामा भएको झडपमा परी एक प्रहरीसहित माओवादीका वडाध्यक्षका उम्मेदवार केशरमान विक, तुलबहादुर विक र सन्तोष विक घाइते भएका छन् ।

नेपाली कांग्रेसका डिल्लीराज बोहरा र सीता बोहरा घाइते भएका छन् । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी चौरजहारी नगरपालिका १, मा भएको झडपमा परी कांग्रेसका वडा सभापति यज्ञश विष्ट, तरुण दलका त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता घाइते भएका छन् । टाउकोमा चोट लागेको सभापति विष्ट र विकलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । दुवै ठाउँमा शुक्रबार राति झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले बताए ।