देश

काँग्रेस कार्यकर्ता कुटिए


काठमाडौँ — चुनावी प्रचार र घरदैलो कार्यक्रममा रहेका नेपाली काँग्रेस रामेछापका कार्यकर्तालाई एमालेका कार्यकर्ताले कुटपिट गरेका छन् । स्थानीय चुनावको अभियानमा रहेका रामेछाप नगरपालिका वडा नं ५ का काँग्रेस कार्यकर्ता दानबहादुर तामाङलाई एमाले कार्यकर्ताको समूहले गए राती कुटपिट गरेर घाइते बनाएको काँग्रेस नेता तीर्थ तामाङले जानकारी दिए छन् ।

हारको मनस्थिति भएपछि एमाले कार्यकर्ताले अराजकता देखाएको पनि तामाङले बताए । कुटपिटबाट घाइते भएका दानबहादुर तामाङले प्रहरी चौकी रामेछापमा जायरी दर्ता गराएका छन् । उनको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको नेपाली काँग्रेस रामेछापकी महाधिवेशन प्रतिनिधि कुमारी हायुले जानकारी दिएकी छन् । अहिले प्रहरी टोलीलाई घटना स्थलमा परिचालन गरिएको छ ।