देश

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप


काठमाडौँ — सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । हिजो चुनावी प्रचारका क्रममा वडा–१० झोलुङ्गे माझी बस्तीमा झडप भएको हो ।

झडपमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार विनोद आचार्यसहित केही घाइते भएका नेकपा माओवादी केन्द्र को इन्द्रावती गाउँपालिका कमिटीले निकालेको विज्ञप्तिमा उल्लेख छ । झडपमा घाइते राजु दङ्गाललाई उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।