देश

मंगोल नेशनलबाट मिक्वाखोला गाउँपालिका अध्यक्ष उम्मेदवारमा सागर शेर्पा


काठमाडौँ — ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा मंगोल नेशनल अर्गनाईजेसनबाट सागर शेर्पाले गाँउपालिकाको उम्मेदवार दर्ता गरेका छन् । पुर्वकै अन्तिम जिल्ला मानिने ताप्लेजुङ जिल्लामा लिम्बु पछिको शेर्पा समुदाय दोस्रो समुदायकोरुपमा बसोबास गर्ने समुदाय मानिन्छ । उम्मेदवार शेर्पा एक सफलव्यावसायिक पनि हुन् ।

उनि लामो समय सम्म वैदेशिक रोजगारमा बसेर बिकासका कामहरु देखेर आफ्नो गाउँ बिकासकालागि जन्म भुमि फर्किएका शेर्पा अहिले चुनावी मैदानमा उत्रिएका छन् । संधै गाँउ र देशको बिकासको सपना देख्ने शेर्पा उनमा न कुनै स्वार्थ देखिन्छ न कुनै सेवा सुविधा लिएर आफु मात्रै सहज जिवन बिताउ भन्ने चाहाना छ ।

छ त केवल उनको एउटै चाहाना गाउँपालिकालाई समृद्ध बनाउने साथै स्थानियको समस्यामा सारथी बन्ने । उनि भन्छन्, ‘म लिन आएको हैन दिन आएको हुँ । लिन आउने भए सुविधा सम्पन्न ठाउँ र भने जस्तै तलव छोडेर गाउँ फर्कीने थिईन । विदेशी भुमिमा आफुले देखेको सिकेको ज्ञान र अनुभवलाई प्रयोग गरेर आफ्नो गाउँ बनाउने सपना र योजना बोकेर गाउँ फर्किएको हुँ ।’

साथै उहाँले गाउँपालिकाको मातहतमा रहेको गाडीलाई तत्काल एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउने प्रतिवद्धता जाहेर गरेका छन् । उनि भन्छन् म गाउँ घुम्ने क्रममा तपाईको टोलमा आउन सकिन भने मेरो चुनाव चिन्ह भाले हो मलाई अत्याधिक बहुमतले बिजय गराउन र भ्रस्टचारीलाई भोट नदिन र ५ वर्ष जनताले दुख पाउने काम नगर्न आग्रह गरेका छन् ।

उहाँ लामो समयबाट मंगोल नेशनल ताप्लेजुङको सदस्यमा काम गर्दै आएका छन् । उनि ताप्लेजुङ जिल्लाकै इतिहासमा पहिलो मंगोल नेशनल अर्गनाईजेसनबाट गाउँपालिकाको अध्क्ष उम्मेदवार हुन् ।