देश

पहिलो पटक फुखाङ पिकमा मानव पाईला


काठमाडौँ — पहिलो पटक फुखाङ पिकको सफल आरोहण गरेका छन् । मनाङ्ग जिल्लाको नार्फू गाउँपालिकामा रहेको फुखाङ पिकमा पहिलो पटक मानव पाईला राख्न सफल भएको छ । Korea Kyung Boc High School Alpine Club बाट आरोहण गर्न आएका पाँच जना कोरियाली नागरिक सहित दुई नेपाली शेर्पा आरोहण टोलीले मे ४ तारिक २०२२ बुधबार विहान सफल आरोहण गरिएको हो ।

No description available.

नेपालको हाल सम्म आरोहण नभएको पिक मध्ये मनाङ जिल्लामा अवस्थित फुखाङ पिक सफलता पूर्वक आरोहण भएको ट्रेकिङ क्याम्पका प्रबन्ध निर्देशक वाङचु शेर्पाले जानकारी जानकारी दिएको छ । ६६९४ मिटर उचाईको फुखाङ पिक आरोहण गर्न आरोहण दलको लिडर Kim Migonको नेतृत्वमा गएको आरोहण दलको टोलीले मे ४ तारिक २०२२ बुधबार बिहान करिब १०ः३० बजेको समयमा आरोहण गरेको आरोहण दल लिडरKim Migonले जानकारी दिए ।

No description available.

आरोहण गर्नका लागि अप्रिल १६ तारिक राजधानिबाट फुखाङ पिक तर्फ प्रस्थान गरिएको थियो ।कोरियाली नागारिक आरोहण दलको लिडर Mr. Kim Migon सहित आरोहण दलका सदस्यहरुMr. Kang Sin Won, Mr. Jang Daeboo, Mr. Kim Minsoo, Mr. Lee Kunjin र शेर्पा गाईड छिरिङ शेर्पा र दावा छिरिङ शेर्पाले सफलता पूर्वक पहिलो पटक आरोहण गर्न सफल भएको हो ।

No description available.