Breaking

रेनुले हारे गठबन्धन यसकारण टुट्छ ! प्रचण्डले देश संकटमा पार्न सक्छन्, थर्कमान काँग्रेसीको भोट कता ?


माठमाडौँ — स्थानीय तह निर्वाचनको रौनक देशभर चलिरहेको छ । तर राजनीतिक दलका शीर्ष नेताको ध्यान चितवनमा मात्रै छ । झनै बिहिबारको चुनाव सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोरी रेनु दाहालले चुनाव हारे देश गम्भीर संकटमा जाने बताएपछि अनेक आशंका गरिएका छन् ।
बाबाको प्यारी छोरी रेनुले भरतपुरमा चुनाव हारे देश गम्भीर संकटमा पर्ने चेतावनीदिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका नेता÷कार्यकर्तालाई थर्काउनु थर्काए ।प्रचण्डको धम्कीबाट थर्कमान बनेका रुखवाला काँग्रेसीहरु अब रेनु दाहाललाई भोट हालेर जिताउनै पर्ने बाध्यतामा परेका छन् । नत्र देश गम्भीर संकटमा जाने कुरा जो छ ।

हुनत देश अहिले पनि गम्भीर संकटमै छ । लोकतन्त्र र संविधान रक्षाका लागि बनेको गठबन्धन आफ्नै परिवारवादको रक्षामादिलोज्यान दिएर लागिपरेपछि भलाइ हुने कुरै भएन । झन रेनुकै हारजितमा प्रचण्डले गठबन्धनको भविष्य निर्धारण गरिदिएपछि देउवाले समेत देशको मात्रै होइन आफ्नै पार्टी काँग्रेसको भविष्य समेत संकटपूर्ण देखेका छन् । अब प्रश्न आउँछ रेनुले चुनाव हारे कसरी देश संकटमा पर्छ ? प्रचण्डले यसको सोझा हिसाव गरेको हुनुपर्छ । किनकि रेनुले चुनाव जितेमात्रै प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रमा पकड जमाउन सजिलो हुनेछ । रेनुलाई हराउन सक्ने काँग्रेसले मात्रै हो ।उनलाई भोट नदिने काँग्रेसले आगामी संसदीय निर्वाचनमा प्रचण्डलाई समेत दिनेछैनन् ।

त्यसपछि गठबन्धन टुट्नेछ ।यसले भविष्यमा समेत सरकार बनाउने देउवाको सपनापुरा हुनेछैन । सारमा एजेन्डाको नेतृत्व गरेपनि माओवादीतेस्रो शक्तिका रुपमा खुम्चिएको छ । आगामी निर्वाचनमा माओवादी एमालेतिर ढल्किए एमालेको पहिलो र काँग्रेसतिर ढल्किए काँग्रेस पहिलो हुने अवस्था छ । फलतः धम्क्याएर थर्काएर जसरी पनि छोरीलाई जिताउन प्रचण्ड अघि बढेका हुन् ।तर केन्द्रकै निर्णयमाथि अटेरी गरि बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलका कारण गठबन्धनकी आधिकारिक उम्मेदवार रेनु संकटमा छिन् । भरतपुर महानगरमा रेनु दाहालले गरेका काम चर्चा गर्न लायकनै छन् । अन्य महानगरको दाजोमा रेनुको प्रगति देखिएको पनि छ ।

तर एउटा मेयर पदका लागि बहालवाला प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्रीको चित्कारले गम्भीर संकेत गरेको छ ।राजनीतिक धारको नेतृत्व गरेका व्यक्तिले सम्भावित परिणामको आकलन गरेरै बोलेका हुन् कि भन्ने सम्भावनामाथि पनि शंका गर्न सकिन्छ । मुलतः सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसबाटै बागी परेकाले प्रचण्डले आशंका गरेका हुन् । यसर्थ शंकाले लंका खान्छ भनेझै आशंकाले गठबन्धन नखाला भन्न सकिन्न ।