Breaking

वालेन बन्लान त काठमाडौँको मेयर ? स्वतन्त्रलाई छन यस्ता चुनौती


काठमाडौँ — काठमाडौ महानगरपालिकामा यतिवेला वैकल्पिक भनेका दलका र स्वतन्त्र उमेद्धारको चर्चा बढ्दै गएको छ । अर्थात परम्परागत दुई शक्ती एमाले र कांग्रेसवीचको प्रतिस्पर्धामा मेयर पदका लागि उम्मेदवारी दिएकी विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटा र स्वतन्त्र उम्मेदवार बालेन शाह खरो रुपमा अघि आएका छन् । एक स्वतन्त्रबाट काठमाडौँ महानगरमा उम्मेद्वारी दिएका वालेन उर्फ वालेन्द्र शाह अहिले सामाजिक सन्जालको चर्चाको केन्द्रमा रहेका छन । पेशाले ईन्जिनियर र रुचीले र्यापर उनलाई समर्थन गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

विगतका केहि बर्ष काठमाडौँ महानगरपालिकाको विकास र समृद्वको लागि खोज र अनुसन्धान नै गरेर अघि बढेका उनका योजनालाई जनताले पनि निकै मन पराएका छन् । सामाजिक सन्जालमा हाईहाई भएका उनले मतदातासम्म पुग्न घरदैलो कार्यलाई समेत युद्धस्तरमा अघि बढाएका छन । मतदाताका घरआगनमा पुग्दा समेत राम्रो प्रतिक्रिया पाएर हौसिएका उनलाई २० लाख जनसंख्या भएको काठमाडौमा ३ लाखमात्र मतदाता रहनु चुनौतीपूर्ण देखिएको छ । अर्थात परम्परागत प्रतिस्पर्धीले ठुलो मत काट्ने अवस्था भएपनि उनी जित्ने नै अवस्थामा भने छैनन् ।

मतदाता नामावली अरु नै तिर भएर काठमाडौमा बसोबास गर्नेहरुको ठुलो संख्या हुँदा सामाजिक सन्जालमा छाए पनि उनले जित्ने हैषियत भने निर्माण गर्न सकेका छैनन । एकातर्फ कार्यकर्ताबाट उठाएको लेवी समेतको ठुलो रकम खर्च गर्न सक्ने दलहरुकावीच वालेनको एक्लो खर्च कति टिक्छ त्यो प्रश्न पनि अहमं बनेको छ । त्यस्तै राजनीतिक दलहरुको घरदैलोमा प्रत्येक टोल र वडामा नयाँ अनुहार थपिने भएपनि वालेन सवै स्थानमा एक्लै पुग्ने गरेका छन् ।

देशमा रहेको बहुदलिय राज्यव्यवस्थामा टेकेर निर्वाचित हुने अनि त्यसैलाई नमान्ने कसरी हुन्छ भन्ने प्रश्नका वीच यहि जालोमा बेरिएको संयन्त्रमा बसेर वालेन एक्लैले कायापलट गर्न सक्नेमा पनि मतदाता विश्वस्त देखिदैनन् । जसले देखिएको भिड केवल चर्चा भन्दा माथि नउठ्नेमा उनी स्वयम प्रष्ट छन तर राजनीतिक दलहरुप्रतिको वितृष्णाको सिंगो मानक आफू भएको होकि भन्ने भ्रमले भने उनी केहि हौसिएका पनि छन ।

मुख्यत ः वैकल्पिक शक्ती भनिएका दलहरुबाट र स्वतन्त्रबाट उम्मेद्वारहरुको राजनीतिक स्थायीत्वमाथि पनि प्रश्न उठ्ने गरेको छ । उम्मेद्धारीमा बढ्दो युवा आकर्षणको स्रोत बनेकी रन्जु दर्शनाले गत निर्वाचनमा २३ हजार ४ सय ३९ हजार मत प्राप्त गरेकी थिईन । अस्वभाविक लाग्ने यो मतसंख्याले धेरै युवालाई उत्साहित गरेपनि उनी स्वयम यो पाँचबर्ष पनि राजनीतिमा टिक्न सकिनन् ।

अहिले विवेकशील साझाबाट मेयरमा समीक्षा बास्कोटाले उम्मेदवारी दिएकी छन । तर पार्टीभित्रको आन्तरिक कलहले उनलाई अप्ठ्यारो पारेको छ । अघिल्लोपटक प्रदेशसभा सदस्यमा काठमाडौंबाट चुनाव लडेकी समीक्षा यसपटक फेरि मेयरमा आएको भन्दै पार्टीभित्रको एउटा समुह उनको विपक्षमा लागिरहेको छ । समीक्षाका सवालमा विवेकशील साझा एक ढिक्का छैन । यसलाई हेर्दा पार्टीभित्रको अन्तरघात उनले बेहोर्नुपर्ने देखिन्छ । यसरी चर्चामा रहेर पनि उनी जित्ने वा टक्कर नै दिने अवस्थामा देखिएकी छैनन् ।

यसरी जित्ने आधार कम बन्दै जाँदा नजित्नेलाई किन मत दिने भन्ने मतदाताका विकास भएको धारणा समेत चर्चित अनुहार चर्चामै सिमित बन्ने गरेका छन् । कुनै पनि कुरामा नियमितमाथि क्रमभंगता गर्न त्यति सजिलो छैन । जुन कठिनाई काठमाडौ महानरको नेतृत्वमा पनि चर्चित भनिएकाहरुले व्यहोरिरहेका छन । परिवर्तन र नयाँ अनुहारका वारेमा व्यापक बहस गर्ने काठमाडौका मतदाताले अन्तत पुरानै अनुहार रोज्ने गरेका प्रसस्त उदाहरणहरु छन । फलत ः चर्चित भनिएकाहरु केवल भोट काट्ने अश्त्रका रुपमा मात्र सिमित हुने गरेका छन ।

यद्यपी नयाँ अनुहारले प्राप्त गर्ने मतसंख्याले भने राजनीतिक दलहरुमा पनि उम्मेद्धारी चयनमा चुनौती थपिदिने गरेको छ । जसलाई सकारात्मक उपजकै रुपमा लिन सकिन्छ ।