काठमाडौँ — व्याटिङ नचल्दा नेपालले एकदिवसीय क्रिकेटको पहिलो खेल गुमायो, पाहुना टोली जिम्बावे तीन विकेटले विजयी, दोस्रो खेल भोलि हुने ।नेपाली क्रिकेटको परम्परागत समस्या रहदै आएको व्याटिङले आजको खेलमा पनि निरन्तरता पाएको छ । जिम्बावे ए सँग तीन श्रृंखलाको टी–२० सिरिज बराबरी गरेपछि आश देखाएको नेपाली क्रिकेट टोलीले त्यसको दुई दिन बित्न नपाउँदेै त्यही टिमसँग एकदिवसीय क्रिकेटमा भने हार व्योहोरेको छ ।
बुधबार अन्तिम टी–२० खेलमा जिम्बावे एको टोलीले नेपाललाई १३७ रनको लक्ष्य दिएको थियो । जुन खेलमा शानदार व्याटिङ गर्दै नेपालले जित पनि हात पार्याे । सोही टिमविरुद्ध शुक्रबार नेपालले पनि १३७ रनको नै लक्ष्य प्रस्तुत गर्याे । तर, फम्र्याट भने एक दिवासीयको थियो । त्रिवि क्रिकेट मैदानमा भएको पहिलो एकदिवसीय खेलमा नेपाल पाहुना टोली जिम्बावे एसँग तीन विकेटले हार्न पुग्यो । टस हारेर पहिले व्याटिङ गरेको नेपालले ३१.३ ओभर खेलेर दिएको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २४ ओभर बाँकी छँदै ७ विकेटको क्षतिमा पुरा गर्याे ।
जिम्बावेका लागि इनोसेन्ट कियाले अविजित रहदै ४८ रन जोड्दा सेफास जुवाओले ३२ रनको योगदान गरे । त्यस्तै ब्राड इभान्स १७ रन जोडेर अविजित रहदा रोय कियाले १४ रन बनाए । नेपालका लागि कप्तान सन्दिप लामिछाने र करण केसीले समान दुई दुई तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए । सधै झै कमजोर रहने नेपालको व्याटिङ आजको खेलमा पनि जारी नै रह्यो । सोमपाल कामी ३०, करण केसी २५, कुशल भुर्तेल १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाउनु बाहेक अन्य ६ खेलाडीले दोहोरो अंक छुन पनि सकेनन् ।
नेपालको व्याटिङलाई धरासायी बनाउन जिम्बावेका ब्राड इभान्सले ८.३ ओभर बलिङ गर्दै २७ रन खर्चेए ४ विकेट लिए । त्यस्तै भिक्टर, ब्राण्डन माभुता र सेफासले समान २/२ विकेट लिन सफल भए । जितसँगै जिम्बावेले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ’ए’ सँग खेल खेलिरहेको छ ।
प्रतिक्रिया