Breaking

नेताका ठूल–ठूला गफ, जनता आँशु चुहाउँदै विदेशिन बाध्य


काठमाडौँ — निर्वाचनको मुखमा युवा जनशक्ति रोजी रोटीकै लागि विदेशिन बाध्य, रोजगारी सृजनाबारे दलहरुको नारामै सीमित, आयोग उदासिन बन्दा प्रवासी नेपाली मतदानबाट बञ्चित । स्थानीय तह निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवार घर घरमा पुगेर भोट माग्न व्यस्त छन् । तर हरेक राजनीतिक दलको घोषणापत्रमा अटेका युवा मतदाता भने चुनावको मुखैमा विदेशिन बाध्य छन् ।
यहि साता स्थानीय तहको निर्वाचन हुँदैछ । राजनीतिक दल र उम्मेदवारहरु आवश्वसनको पोको बाँड्दै मतदाताको घर–घर पुगिरहेका छन् ।

पत्येक राजनीतिक दल र उम्मेदवारको घोषणपत्रमा युवा र रोजगारीको विषय नसमेटिएको सायदै नहोला । तर नेताहरुको चुनावी घोषणापत्र कागजी खोष्टो बन्दा दुई छाकको जोहो गर्नकै लागि देश विकासका मेरुदण्ड मानिएका युवा जनशतिmलाई भने यो चुनावले रोक्न सकेको छैन । त्रि–भूवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक सयौं युवा विदेशि रहेका छन । मुलुक निर्वाचनमय बनिरहँदा आफ्नो रोजी रोटीको खोजीमा युवाहरु विदेशीन बाध्य छन ।

मुलुकको शासन व्यवस्था फेरियो, राज्य सञ्चालनको पद्धति फेरियो, सिंहदरवार गाउँगाउँमा पुग्यो तर दुई छाक टार्नकै लागि खाडी मुलुक जानु पर्ने आम नेपाली युवाको बाध्यता भने फेरिएन । चुनावताका जति नै योजना र प्रतिवद्धता गरे पनि नेताहरुले त्यो चुनावसम्म मात्र सीमित गर्ने हुँदा विदेश नै विकल्प भएको युवाहरु बताउँछन । मुलुकभित्रै बसेर केहि गर्छु भन्ने आँट भए पनि व्यवहारत कठिन छ । लामो समय विदेश बसेर फर्केकाहरु पनि आफुले विदेशमा सिकेको सीपलाई मुलुकभित्रै सदुपयोग गर्ने अवस्था अझै बनिसकेको छैन ।

त्यसैले विदेशिनु नै उचित ठानेर पुन नेपाल भन्दा विदेश नै रोज्छन नेपाली युवा । आफ्नो घर परिवार छाडेर सात समुन्द्रपारी जानु रहर भन्दा पनि बाध्यता भएको उनीहरु बताउँछन । अध्ययन र रोजगारीका लागि हरेक दिन झन्डै १५ सयको हाराहारीमा नेपाली विदेशिन्छन् । यो क्रम कोरोना काल पछि झन बढेको छ । चालू आ.वको ८ महिनामा झन्डै साढे ४ लाख सर्वसाधरण रोजगारीको खोजीमा विदेशिएका छन् ।

देशको भाग्य र भविष्य निर्धारण गर्ने निर्वाचन प्रणालीमा धेरै मतदाता मतदानबाट बञ्चित छन । विदेशमा रहेका नेपालीले चुनावमा सहभागी हुन पाउने अर्थात भोट हाल्ने विषय लामो समयदेखि बहसमा सीमित छ ।