देश

आचारसंहित विपरित प्रचारप्रसार गरेमा कडा कारबाही गरिने विज्ञापन बोर्डको चेतावनी


काठमाडौँ — स्थानिय तह निर्वाचनमा राजनैतिक दल , दलका उम्मेदवार र अन्य उम्मेदवारहरुले आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रचार प्रसारका सामाग्री निर्वाचन आचार संहिता वमोजिम भए नभएको बारेमा विज्ञापन बोर्डले नियमित अनुगमन गरिरहेको बताईएको छ । निर्वाचनको मिती नजिकिदै गर्दा विभिन्न माध्यमबाट भएका प्रचारप्रसारमा आचारसंहिता उल्लङ्खनका घटना दिन प्रतिदिन बढ्दै गएका कारण विज्ञापन बोर्डको ध्यान आर्कषण भएको पाईएको छ ।

विज्ञापन बोर्डले राजनैतिक दल र दलका कार्यकर्ताहरुलाई सार्वजनिक ठाउँमा होडिङबोर्ड, भितेलेखन , पर्चा , पम्पेल्ट , पोस्टर टाँस लगाएतका अन्य कार्य आचार संहिता विपरित भएका कारण यस्ता कार्य नगर्ने अनुरोध समेत गरेको छ । र संगै विज्ञापन बोर्डले निर्वाचन चिन्ह अंकित भएका टिर्सट, ज्याकेट , टोपि लगाएत यस्ता चिन्ह प्रयोग भएका झोला , ब्याज , ट्याटु जस्ता चुनाव चिन्ह अंकित सामाग्रीहरु प्रयोग गरेर प्रचारप्रसार नगर्न र नगराउन पनि अनुरोध गरेको छ ।

सामाजिक सञ्जालमा उम्मेदवारहरुका तस्बिर र चुनाव चिन्ह प्रयोग गरि उम्मेदवारहरुलाई गालिगलोच गर्ने र होच्चाउने जस्ता अनैतिक कार्य नगर्ने समेत अनुरोध गरेको छ । निर्वाचन आचारसंहित २०७८ विपरित त्यस्ता कुनैपनि कार्य गरेमा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने विज्ञापन बोर्डको विज्ञप्ती मार्फत जानकारी गराईएको छ ।