देश

आरजु राणा विवादमा


काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी प्रधामन्त्री पत्नी आरजु राणा देउवाको अभिव्यक्ति विवादमा तानिएको छ । उनले बिहीबार डडेलधुरामा सम्बोधन गर्दै कांग्रेसले नजितेका पालिकामा बजेट नपठाउने भन्दै पैसा पाउन मतदाताले कांग्रेस उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएकी थिइन् । निर्वाचन आयोगले कांग्रेस केन्द्रीय सदस्य राणालाई उक्त अभिव्यक्तिबारे स्पपष्टीकरण सोध्ने तयारी गरेको जनाएको छ । आयोगले उनको यो अभिव्यक्तिलाई ‘नोटिस’मा राखेको जनाएको छ । समाजिक सञ्जालमा समेत आरजुको अभिव्यक्तिको चर्को अलोचना भइरहेको छ ।

प्रधानमन्त्री पत्नी भएको हैसियतमा कांग्रेस हारेका पालिकालाई बजेट नदिने भन्ने अधिकार उनलाई नभएको टिप्पणी भइरहेका छन् । राणाले बिहीबार डडेलधुरा पुगेर कांग्रेसले मेयर नजितेका पालिकामा बजेट नपठाइने चेतावनी दिएकी थिइन् । जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ उनले भनेकी थिइन् “यो कुरा ध्यान दिएर करुवासरुवा पार्टीलाई भोट नहाल्नूस् । उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै आयोगले नोटिसमा राखेको हो । उनको अभिव्यक्ति आयोगको नोटिसमा राखेर अध्ययन भइरहेको बताइएको छ ।