देश

दमक नगरपालिकाको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुुने


काठमाडौँ — वैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनले झापाको दमक नगरपालिकाको माहोल निकै गर्माएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले दमकको चुनावी प्रतिस्पर्धामा धेरैको ध्यान खिचिएको छ । जसरी चितवनको भरतपुर राजनीतिको केन्द्र बनिरहेको छ, झापाको दमकपनि उसैगरि गर्माएको देखिन्छ । विशेष गरेर दमकमा ५ दलीय गठबन्धनसँग राप्रपाले चुनावी तालमेल गरेसँगै त्यहाँको राजनीति फरक ढंगबाट अघि बढेको छ । राप्रपासहितको ‘महागठबन्धन’ एकातिर र एमाले अर्कातिर हुँदा दमक नगरपालिकाको स्थानीय तहको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुुने त्यहाँका स्थानीयहरुको बुझाइ छ ।