देश

बलात्कार पीडित किशोरीलाई नै सजाय हुनेगरी फैसला


काठमाडौँ — बलात्कार पीडित किशोरीलाई नै सजाय हुनेगरी अछाम जिल्ला अदालतले गरेको फैसलाले केही समय पहिले ठुलै तरङ्ग ल्याएको थियो । अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले जाहेरीकर्ता किशोरीलाई नै ३ वर्ष ६ महिना कैद सजाय सुनाएपछि उक्त फैसला चर्चामा आएको थियो ।

फैसलापछि धेरैले न्यायाधीशमा कार्यक्षमताको अभाव भएको र निस्क्रिय भइसकेको अध्यादेशका आधारमा फैसला गरिएको भन्दै आलोचना समेत गरेका थिए । यही आलोचनाका बीच कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालत काजमा तानेर छानबिन समेत गरिरहेका छन् ।