Breaking

त्रियुगा नगरपालिकामा बसन्त बस्नेत नै किन ?


काठमाडौँ — बिश्वभर तहस नहस बनाएर नेपाल छिरेको कोरोना संक्रमणले १० हजार बढिको ज्यान लियो । कोरोना कहरले देश अन्धकारमा धेकेलिदा कोरोना संक्रमणले मात्र हैन भोकमरिले समेत कतिको ज्यान लियो । कोरोना संक्रमणको त्रासले सबै पेसा ब्याबसाय ठप्प भए । मानिसहरु बाहिर निस्किन डराए । त्यसै बेला उदयपुरको भुल्केमा एकै पटक १३ जनामा कोरोना संक्रमण देखियो । जुन तत्कालिन समयमा नेपालमा एकै पटक एकै स्थानमा यतिको संक्रमित पाएको पहिलो पटक थियो । एकै पटक यति कोरोना संक्रमित पाइएपछी पूरा मुलुकको ध्यान उदयपुर तर्फ सोझियो ।

यहाँ कोरोना नियन्त्रणका निमित्त लकडाउन, कर्फ्यु लगाएत सबै लगाइयो । हाम्रो त्रियुगा नगरिमा “हुने खाने र हुँदा खाने” दुई बर्गका नागरिक बस्छन । लकडाउनमा बाहिर निस्किनेलाई प्रहरिले पक्रेर दिन भर ठिङ्ग्राए पनि । महिनौ सम्म यसरी लकडाउन कर्फ्यु भए पछि हुने खानेहरु त आनन्दले बसे हुँदा खानेहरुको घरमा चुल्हो बल्न छाड्यो । घरमा चुल्हो बल्न छाडे पछि बाहिर निस्किएका सर्वसाधारणहरुलाई प्रहरी डण्डा हानेर दिन भर चौरमा ठिग्राउथ्यो । हुने खानेहरु आफ्नो घरबाट बाहिर निस्किएनन । म संचारकार्मी भएका कारण बाहिर निस्कन्थे । घर आउन घरमा रोक लाग्थ्यो ।

No description available.

टोलमा बाहिर धेरै निस्कियो भनेर बहिस्कार गर्ने सम्मका कुरा आए । मेरो घरको सबैकुरा लेना देना छिमेकीले बन्द गरे । यसरी त्रियुगा नगर कोरोना माहामारीले ठप्प हुदा अहिले त्रियुगा नगरको मेयरका उम्मेद्वार वसन्त बस्नेत भने गरिव, दैनिक ज्याला मजदुरी गरि खाने हरुकालागी घरबाट र ती निमुखाहरुका घर घर पुगेर राहत बितरण गर्दथे ।

साथै समाज कार्यमा भुकम्पबाट भत्किएका स्कुलमा सहयोग समेत गरेका छन् भने मन्दिर निमार्णमा समेत सकिृयरुपमा अगाडी छन् अहिले वसन्त संगै मेयरका प्रत्यासी बनेकाहरु त्यो महामारीमा कहाँ थिए त्यो कुरा नगरबासीलाई थाहा छैन । आज तिनै वसन्त बस्नेतले बिजुलीको बिल तिरेको छ छैन, उस्ले चड्ने सवारी साधनको राजस्व तिरेको छ छैन भनेर खोज्दै छन ।

No description available.

कोराना महामारीमा भोकमरीले हातमुख जोड्न नसकेका परिवारमा गएर राहत बितरण गर्ने बसन्तले राजस्व नतिरेको भए राज्यले उनिसँग जरिवाना सहित असुल उपर गर्छ । तर हरिलठ्ठक भएर सुझो न बुझो राजस्वको बिषय उठाएर अतिरञ्जित गर्नेहरुले जनताको सेवा गर्छन कि ती जनता माथी शासन गर्छन त्यो त्रियुगा बासिले बुझ्ने छन ।

No description available.

आफ्नो ५ बर्षे कार्यकालमा एक दर्जन बैदेशिक यात्रा तय गरेका वलदेव चौधरी यस नगरका १६ वटै वडामा हरेक वडामा जति बिदेश यात्रा गरे त्यति पटक वडामा पुगेका छैनन ।

No description available.

त्यस्तो जनप्रतिनिधिबाट जनताले के अपेक्षा गरेर फेरि दोहोर्‍याउने आफ्नो ५ बर्षे कार्यकालमा नगरपालिकामा अपारदर्शी काम गरेर करोडौंको चलखेल गरेर अहिले आफ्नो शक्ति प्रदर्शन गरिरहेका निबर्तमान मेयर चौधरीले जनता सामु झुटा आश्वासन र गर्दै नगरेका काम वा नेपाली कांग्रेसका नेता डा नारायण खड्काले पूरा गरेका योजना देखाएर भोट भजाउने गरेका छन ।

No description available.