Breaking

मेयर पदमा उम्मेदवारी दिएका गौतमको गाडीमा आगजनी


काठमाडौँ – मोरङको बेलबारी नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका खेमप्रसाद गौतमको गाडीमा गएराति आगजनी गरिएको छ । चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको बा १२ च ९३८४ नम्बरको कारमा राति १ : ४० बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ । पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर चुनावको प्रचारमा कार प्रयोग गरिँदै आएको थियो ।

बेलबारी नगरपालिका वडा नम्बर २ का उनी होटल व्यवसायी पनि हुन्। तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको टोलीले घटनामा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरेको छ । मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुवास पाण्डे पक्राउ परेका छन् । पेट्रोल छर्किएर कारको अगाडि र पछाडी लाइटर बालेर आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ ।