Breaking

चितवनमा आक्रामक सत्ता गठबन्धन, जता पनि रेनुकै तारिफ, प्रचण्डले दिए गम्भीर संकटको चेतावनी


काठमाडौँ — स्थानीय तह निर्वाचनको सरगर्मी देशभर चढेको छ । तर चुनावको रौनक भने चितवनमा मात्रै केन्द्रीत छ । किनकि चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल उम्मेदवार बनेको क्षेत्र हो ।ठिक यसैबेला सत्तागठबन्धनका शिर्ष नेताहरु आज चितवनमा पुगेर रेनुको तारिफ गर्न लाइनबद्ध भएपछि रौनक देखिएको छ ।तर प्रचण्डले देउवाकै अघि दिएको चेतावनीले गम्भीर संकटको संकेतसमेत गरेको छ ।

सत्ता गठबन्धनमा आवद्ध पाँच दलले स्थानीय तह निर्वाचनको इपी सेन्टरका रुपमा रहेको भरतपुरमा आज साझा चुनावी सभालाई सम्बोधन गरे । जय नेपाल भन्दै बोल्न थालेकी रेनु दाहालले चितवनलाई हेर्न लायक र गौरव गर्न लायक बनाएको भन्दै आफ्नै तारिफ गर्न लागिपरिन् । अधिकांश वक्ताहरुले रेनुलाई केन्द्रमा बनाएका थिए । रेनुले चितवनलाई कायापलट गरेको भन्दै तारिफमाथि तारिफ गरिएको थियो । साथसाथमा ओलीमाथि आक्रामण पनि भइरहेका थिए ।

हुनत् निर्वाचन आयोगको आचारसंहिताले सरकारका प्रतिनिधिहरुलाई चुनावी प्रचारमा रोक लगाएको छ । तर प्रधानमन्त्री नै सहभागी भएपछि मन्त्रीलाई के को डर । मन्त्री राजेन्द्र श्रेष्ठले चितवनमा गठबन्धनका लागि भोट मागेर फर्किए । उनीपछि काँग्रेसका अन्य धेरै नेताहरुबोले । अब बोल्ने पालो आयो काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको । उनले अहिलेको मुख्य प्रतिस्पर्धा माओवादीसँग नभइ एमालेसँग रहेको बताए ।

बिहानमात्रै चितवनमा बागी उम्मेदवारी हालेका काँग्रेस नेता जगन्नाथ पौडेलसँग रामचन्द्रले भेटवार्ता गरेका थिए । तर पौडेलले उम्मेदवारी फिर्ता लिन्न भनेपछि भेटको औचित्य पुरा भएन । रामचन्द्रपछि बोलेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुरुमै भने, रेनुको भाषण देँखेर दंगदास भएको छु । रेनुकै तारिफबाट भाषणको सुरुवात गरेका नेपालले गठबन्धनभन्दा बढी ओलीको आलोचनामा समय खर्चिए ।

तर उनले गठबन्धनको तालमेललाई लिएर चित्त बुझाएनन् । तल्लो तहमा बिग्रार्न खोजिरहेको भन्दै देउवा–प्रचण्डलाई मिलाउन आग्रह गरे । अब बल्ल आजका मुख्य आकर्षणहरुको बोल्ने पालो आयो । देउवा बोल्नुअघि बोलेका प्रचण्डले रेनुको तारिफ नगर्ने कुरै भएन । तर काँग्रेस नेताहरुले उनीमाथि उठाएका प्रश्नहरुको जवाफ दिनुपर्ने बाध्यताको पनि थियो । किनकि प्रचण्डको चरित्रलाई लिएर काँग्रेस नेताहरु अझै पनि ढुक्क हुन सकिरहेका छैनन् । उनीहरु प्रश्नमाथि प्रचण्डले झनै गम्भीर संकटको चेतावनी दिए । चितवनमा सहज तालमेल नभएको विषयलाई उठाएर प्रचण्डले रेनुसहितको गठबन्धनलाई भोट नदिए देशमा गम्भीर संकट निम्तिने ठाडो चेतावनी दिए ।

प्रचण्डलवे यो गठबन्धनलाई १०-१५ वर्षसम्म लैजान चाहेको तर त्यसको फैसला चितवनबासीको हातमा रहेको बताए । रेनु दाहालसहितको टिमलाई विजयी गराए आफु उत्साहित हुने तर आफुलाई टेन्सन दिए गठबन्धन टुट्ने चेतावनी दिएका थिए । तर त्यसको बदलामा काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गठबन्धन सुरक्षित रहेको भन्दै भरपाईँ गर्न खोजे । देउवाले रेनुका लागि खर्चिएका शब्द झनै प्रचण्डलाई प्रफुल्लित बनाउने खालका थिए । रेनु जस्तो काम गर्ने मान्छेलाई नबनाए कसलाई बनाउने भन्दै काँग्रेस नेता कार्यकर्तालाई भोट हाल्न देउवाले आग्रह गरेका थिए ।

भरतपुरको चुनावी सभा सम्बोधनमा मुलतः देउवाले असन्तुष्ट कार्यकर्तालाई फकाउन खोजिरहेका थिए, प्रचण्डले तर्साउन खोजेका थिए । २०४६ सालको जनआन्दोलन र ०६२/६३ को जनआन्दोलन र शान्ति सम्झौतामा कांग्रेस र कम्युनिस्टले सहकार्य गरेको भन्दै प्रचण्डले गठबन्धनको विपक्षमा रहेकाहरुलाई त्यतिबेलाको सहकार्य गलत थियो भनी प्रश्नसमेत गरेका थिए । तर यो सभामा नेपाली काँग्रेसको विवाद भने छताछुल्ल भयो । देउवाइतर पक्षको नेतृत्व गरेका शेखर कोइराला समूहले ठाडो भाषामा भन्दा बहिष्कार ग¥यो । हिजोसम्म नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले पनि सम्बोधन गर्ने कार्यसूची थियो । तर अन्तिममा यो समूह चुनावी सभामा सहभागी नै भएन ।