Breaking

चितवन काँग्रेसको फेरिएको बोली, रेणुलाई जिताउने प्रतिवद्धता, पार्टीबाट उम्मेद्धार बन्नलाई भने कारबाही


काठमाडौँ — सत्ता र शक्तिले राजनीतिक सिद्धान्त कसरी बन्धक बन्छ भन्ने गतिलो उदाहरण चितवन बनेको छ । केहि समयअघिसम्म रेणु दाहाललाई जिताउन सपना नदेख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनेहरु रेणु जिताउने अभियानमा लागेका छन भने कांग्रेसबाटै चुनाव लड्ने चाहेकाहरु कारबाहीमा परेका छन । उनी हुन् जित नारायण श्रेष्ठ । नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति श्रेष्ठले पहिल्यैबाट गठबन्धनको विरोध गर्दै आएका थिए ।

माओवादी जिताउने नाममा रुख चिन्हमा भोट हाल्नै विर्सन लागेको चिन्ता गर्ने उनी आफ्नो छोरीलाई भरतपुरमा मेयर बनाउने र आफू सांसद बनाउने सपना नदेख्न प्रचण्डलाई चुनौती दिन्थे । तर विहिबार चितवनमा भएको चुनावी सभामा यीनको वोली फेरियो । केन्द्रको पेलान नमान्ने बताउने उनी सभापती शेरबहादु देउवाको वोली काट्न नसक्ने भएको त केहि समय अघि नै हो तर सोमबार १८० डिग्रीमा परिवर्तन हुँदै मुखै फोरेर भने –गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउछ । पहिले पार्टीले निर्णय नगर्दासम्म आफूहरुको केही गुनासो भए पनि पार्टीले निर्णय गरेपछि एकढिक्का भएर लाग्ने उनले बताए ।

अझ अघि बढेर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गर्न पनि भ्याए । पाँच दलीय गठबन्धनलाई हराउने तागत केपी ओलीको उखान टुक्काल नराख्ने भन्दै उनले भरतपुरमा मेयर–उपमेयरसहितका सबै पदमा जित निकाल्न सक्षम रहेको बताए । हिजोका दिनमा कसैगरे केन्द्रको निर्णय नमान्ने र प्रचण्डका अघि घुँडा नकटेक्ने कसम खाएका धेरै चितवनका जिल्लास्तरका नेताहरुले यहि वोली वोलेका थिए । विगतमा धोका दिने प्रचण्डको वानीका कारण चितवनवासीमा विश्वास नभएको बताँउने उनीहरुले यस पल्ट धोका नदिन भने आग्रह गरे । सोझा सभापती देउवाको कुरा काट्न नसकेको उनीहरुको कुराले गठबन्धनबाट मेयरकी उम्मेद्धार रेणु दाहाल पनि हौसिईन ।

विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गरेकी दाहालले उनले पुनः निर्वाचित भए महानगरमा सुरु गरेको गौरवका आयोजना पूरा गर्ने बताइन् । आफूले पाँच वर्ष महानगरवासीको साझा जनप्रतिनिधिको हिसाबले काम गर्ने कोसिस गरेको पनि दाहालले बताइन् । हिजो आफ्ना विरुद्ध लागि परेका कांग्रेसी नेताहरुको केन्द्रभक्तीले खुसी भएकी उनले सम्बोधनमा कांग्रेस वाला जय नेपालको नारा नै लगाईन । तर गज्जब त के भएको छ भने लोकतन्त्रको रक्षाका लागि भन्दै पार्टीबाट उम्मेद्धारी दिने जगन्नाथ पौडेल भने कारबाहीमा परेका छन ।

हिजो पार्टीका पक्षमा वोल्नेहरु नै अहिले माओवादीमा त्वम शरणम हुँदा कांग्रेसमा भोट माग्ने पौडेल भने भुईकटहर चिन्हमा सिमित बनेका छन । स्वयम प्रधानमन्त्रीले आश्वासन दिदाँ समेत पछि नहटेका र सिद्धान्तको राजनीति गर्ने उनको अडानकाबीच राजनीतिक दलहरुका वास्तविक चित्र उजागर भएको छ ।