Breaking

कलाकार सन्दिप क्षेत्रीले भने कमरेड प्रचण्ड ज्यु ढुक्क हुनुस छोरी गजबको पाउनु भाको छ


काठमाडौँ — म रेनु दिदीलाई रेनु दाहाल नभनिकन मात्र रेनु दिदी भन्छु । दाहाल भन्दा कताकता बुबासँगको सम्बन्ध जोडिएर आउँछ । तर म कमरेड प्रचण्डज्यूलाई के भन्न चाहन्छु भने ढुक्क हुनुस् । छोरी गजबको पाउनु भएको छ । म आजपनि कुनै पार्टीको साधारण सदस्यता पनि लिएको छैन । मलाई काँग्रेस कम्युनिस्ट, एमालेको फोटोकपी पनि थाहा छैन । त्यही भएर मैले सबैलाई नमस्कार गरेँ । कसलाई कसरी सम्बोधन गर्छन् त्यो पनि थाहा छैन । मैले मेरी आमालाई यहाँ कार्यक्रम जानुअघि फोन गरेर सोधेँ दिदी रेनुको यस्तो कार्यक्रम रहेछ । मैले गएर बोलौँ कि जस्तो लागेको छ । के गरौँ भन्दा मेरो आमाले भन्नुभयो । पार्टीको लागि होइन । कुनै संगठनका लागि होइन । तैले देशका लागि बोल्ने हो ।

त्यो केटीले देशका लागि काम गरिरहेको छ ।बोल्दा केही फरक पर्दैन भनेर भन्नुभयो । त्यसपछि मलाई ढुक्क भयो । म आएँ । म तपाई रेनुलाई एउटा कुरा भन्न चाहन्छु । मैले तपाईंलाई दिदी भनेर सम्बोधन गर्दा मलाई मेरी दिदीबहिनीले भाइटिका लगाइ दिएको सम्झिना आउँछ । मेरा दिदीबहिनीले जब मलाई भाइटिका लाइदिए । पानीको घेराले मलाई घेरेर राखे । ताकि मलाई कुनै किसिमको सङ्कट नआओस् भनेर । मेरा दुस्ख कस्टलाई ओखरमा राखेर बडाम्म फोरिदिए । ताकि मलाई कुनै दुःख कष्टले नछोओस् भनेर । मेरो निधारमा सप्तरङ्गी टिका लाइदिए । ताकि खुसीका हरेक रङ्गहरू मेरो जीवनमा आओस् भनेर । कहिल्यै नओइलाउने मखमली फूल माला लगाइदिए । ताकि मेरो जीवनमा त्यो फूलको सुगन्ध रहिरहोस् भनेर ।

म दिदीलाई यही भन्न चाहन्छु । मैले तपाईंलाई दिदी भनि राख्दाखेरी चितवनका प्रत्येक मान्छेले भाइको अपेक्षा गरेका छन् । चितवन आफैमा तपाईंको भाइ हो । एउटा दाइ हो । तपाई एउटा यस्तो घेरा कोर्नुस् । चितवनका हरेक मानिसले हरेक तरिकाबाट आफूलाई सुरक्षित महसुस गरोस् । सांस्कृतिक, भौतिक, व्यवहारिक सबै रूपले उहाँहरूलाई सुरक्षितको अनुभूति गराउनुस् । उहाँहरूको दुःख कष्ट मेरा दिदीबहिनीको जस्तो ओखरमा राखेर फुटाएका थिए, त्यसरी बडाम्म फुटाउनुस् । सप्तरङ्गी टिका उहाँहरूको निधारमा लगाइदिनुस् ।

चितवनका हरेक मानिसले हरेक किसिमको सुख भोग गर्न पाओस् । र, यो चितवनको गलामा यस्तो मखमली माला लगाइदिनुस् दिदी यसको शान जहिले पनि बर्करार रहिरओस् । चितवनले प्रत्येक पटक भन्न पाओस् – दिदी पाएँ रेनु जस्तो । तपाईंलाई मेरो इष्ट, मेरो कुल, मेरो पितृको आसिस लागोस् । तपाईले गर्न खोजेका काममा निम्ति शुभकामना दिन चाहन्छु । तर यो भन्दै फेरि भन्छु, म कुनै पार्टीको मान्छे होइन । तपाईंले गरेको कामबाट अलिकति प्रफुल्लित भएर आएको हुँ ।