Breaking

गठबन्धनलाई २० वर्ष टिकाउने प्रचण्डको प्रतिवद्धता


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई १५–२० वर्ष टिकाउने प्रचण्डको प्रतिवद्धता गरेका छन् । बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यसो भनेका हुन् । त्यस्तै २०७४ मा गठबन्धन तोड्नुको कारण सुनाए थिए । मधेसका साथै चितवनमा पनि भोट ट्रान्सफर नभएकाले कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेर गठबन्धन गरेको उनले बताए ।

कांग्रेस नेता टेकप्रसाद गुरुङको नाम लिएर उनले भने, ‘तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ । ’ यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भनेर चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो म उत्साहित हुनेछ र यो गठबन्धनलाई १०-१५-२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ’ प्रचण्डले भने ।