Breaking

योग्य छ भने छोरी भनेर छेक्नुहुन्न: नेपाल


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने बताए बिहीबार चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघि बढ्ने बताए ।

‘रेनुलाई पुष्पकमल दाहालको छोरीका मात्रै हेर्नुहुन्न,’ उनले भने, ‘कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।’ नेता नेपालले आफ्नो पूर्व पार्टी नेकपा एमालेलाई कुहिएको फर्सीको संज्ञा दिए । नेता नेपालले पवित्र उद्देश्यले अहिलेको गठबन्धन बनाएको र त्यसले राम्रै भएको बताउँदै नमिलेको ठाउँमा मिलाउनुपर्ने बताए । भरतपुरमा रेणु दाहालले राम्रो काम गरेको छ । विकास गरेको छ ।