Breaking

हँसिया हतौडामा रूखवालाले भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ: प्रचण्ड


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हँसिया हथौडामा नेपाली कांग्रेसले भोट हाल्दिनँ भन्यो भने देश दुर्घटनामा जान सक्ने बताएका छन् । उनले ०७४ मा रूखवाला कांग्रेसले हँसिया हथौडामा भोट हाल्न असजिलो मानेपछि आफू वामगठबन्धन बनाउँदै एमालेसँग चुनावी तालमेलका लागि पुगेको प्रचण्डले बताए । यो कुरा आज सत्तागठबन्धनले चितवनमा गरेको चुनावी सभामा प्रचण्डले भनेका हुन् ।

हालिदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ उनले भने, ‘होइन यो राष्ट्र र जनताको आवश्यकता हो । लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेनु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।’ यसअघि बोलेका कांग्रेस नेताहरूले रेनुलाई मेयर जिताउने तर कांग्रेसलाई धोका नदिन प्रचण्डलाई आग्रह गरेका थिए ।