Breaking

बोलिसकेपछि नारा लगाउनु न साथी हो: अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैगर्दा ‘माइक’ को व्यवस्था राम्रो नभएको गुनासो गरेका छन् । माइकले साथ नदिएपछि आफ्नो सम्बोधनलाई छोट्याएका ओलीले भने, ‘माइकले विल्कुलै काम गरिराखेको छैन, अर्को पटकदेखि माइकको राम्रो व्यवस्था हुनुपर्छ । सम्बोधनका क्रममा ओलीले आमसभामा उपस्थित कार्यकर्ता तथा जनसमुदायलाई भोट दिने तरिका पनि सिकाए ।

उनले भोट दिने तरिका सिकाइरहँदा सभास्थलमा सर्प निस्किएपछि केहीबेर हो–हल्ला भयो । भाषण गरिरहेका ओलीले होहल्लालाई एमालेको पक्षमा नाराबाजी भएको सम्झिए । उनले भने, ‘मैले बोलिसकेपछि नारा लगाउनु न साथी हो तर, मञ्चमै रहेका एमालेका स्थानीय नेता–कार्यकर्ताले ‘सर्प आएको हो’ भनेपछि ओलीले आफ्नो सम्बोधन केहीबेर रोकेका थिए ।