काठमाडौँ — आईजीपी नियुक्तिको विषयमा असन्तुष्ट भई सर्वोच्चमा रिट दायर गरेका एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहभन्दा आफू डेढ वर्ष सिनियर भएको बताएका छन् । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पोखरेलले सरकारले गरेको आईजीपी नियुक्तिको निर्णय आफ्नो मृत्युभन्दा पनि दुःखद भएको बताएका छन् ।
‘आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद हो, श्रीमान’, इजलासमा उनले भने, ‘म डेढ वर्ष सिनियर एआईजी हुँ । सिनियरलाई छुटाएर अरुलाई नियुक्ति गर्नु भनेकोचाहिँ मृत्युभन्दा दुःखद हो ।’ उनले सरकारको यो निर्णयले आफू र प्रहरी संगठनलाई गम्भीर क्षति पुगेको समेत जिकिर गरे । ‘जो प्रहरी संगठनमा आउँछ ऊ आईजीपी वा प्रमुख हुन्छु भनेर आउँछ’, उनले इजलासमा भने, ‘संगठन प्रमुख हुन्छु भनेर आउने आकांक्षा जतिबेला पनि निमोठिनसक्छ भन्ने उदाहरण पनि हो यो श्रीमान उनले भने ।


प्रतिक्रिया