Breaking

भरतपुरमा चुनाव जित्न हामीलाई कुनै अप्ठ्यारो छैन: अध्यक्ष प्रचण्ड


काठमाठौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा गठबन्धनलाई चुनाव जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न चितवन आएका प्रचण्डले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका हुन् ।

उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताए । प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए । स्वतन्त्र उमेदवारको विषयमा धेरै चर्चा गर्नुभन्दा गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढ्नु उचित हुने भन्दै उनले उमेदवारी दिने स्वतन्त्रता कोही पनि नेपालीलाई रहेको बताए ।

‘मलाई निर्वाचन जित्न कुनै अप्ठ्यारो हुन्छ झैं लागेको छैन । निर्वाचन जित्न असहज छैन । धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुन्छ’, उनले भने । भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार छन् । उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उमेदवार बनेका छन् ।