देश

माओवादी कार्यकर्ताद्वारा एमालेका कार्यकर्ता कुटिए


काठमाडौँ — कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका एमाले कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए ।

उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्‍याली निकालेको थियो । माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समुहले कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी दिएको चन्दले बताए । घाइतेहरूलाई महाकाली अस्पतालमा भर्ना गरेका छौं,’ उनले भने ।