Breaking

ठूला नेतासँग हुलहुज्जत, वडा तहको प्रचारमा छैनन् समर्थक, फेरिएको प्रणाली कि कार्यकर्ताको मनस्थिति ?


काठमाडौँ — प्रविधिको विकाससँगै चुनाव प्रचारको शैली पनि फेरिएकै छ । सबै उम्मेदवारको रोजाईमा सामाजिक सञ्जाल पर्ने गरेको छ, यद्यपि उम्मेदवार र समर्थकहरु अझै पनि मतदाताको घरदैलोमै पुगेर मत माग्न भने छोडेका छैनन् । घरदैलो अभियानको रौनतकता भने शहरी क्षेत्र र गाउँघरकाबीच फरक छ । मुलुक स्थानीय तह निर्वाचनको संघारमा छ । आसन्न निर्वाचनका लागि उम्मेदवार राजनीतिक दलका नेता कार्यकर्ता चुनावी प्रतिवद्धता सहित मतदाताको घर–घर पुगिरहेका छन । साना–ठूला सबै राजनीतिक दलका महानगरदेखि वडासम्मका उम्मेदवार, स्वतन्त्र उम्मेदवारहरु आ–आफ्नो कार्यकर्ता तथा समर्थकहरुका साथ नागरिकको घरदैलोमा छन् ।

पहिले चुनाव अगाडी गाउँ होस् या शहर भाषण र ¥यालीका आवाज चोकचोक र गल्लीगल्लीमा सुनिन्थे । यो चलन अहिले पनि कायमै छ । गाउँघरको घरदैलो अभियानमा समर्थक कार्यकर्ताको लामो लर्को सहित प्रचारप्रसार भईरहेको छ । तर शहरी क्षेत्रमा भने ठिक उल्टो छ । साना राजनीतिक दलको के कुरा ठुला राजनीतिक दलकै घरदैलो अभियानमा समेत कार्यकर्ताहरुको उपस्थिति न्यून देखिन्छ । ठुला नेता आउँदा हुलहुज्जत गर्ने कार्यकर्ता चुनाव प्रचारमा भने खासै देखिँदैन । चुनाव प्रचार प्रसारको माध्यम फेरिएका कारण पनि घरदैलो अभियान अनिवार्य नभएको कतिपयको तर्क छ ।

रोजगारी, व्यवसाय तथा अन्य कामहरुले गर्दा सबै पार्टीका संगठित सदस्य घरदैलो अभियानमा हिँड्दैनन् । मेयर तथा अध्यक्षहरुको घरदैलो अभियानमा कार्यकर्ता व्यस्त भएकोले वडाको प्रचारमा कमै मान्छे हुने कतिपयको तर्क छ । हुन त चुनाव प्रचारमा भीडभाड भएमात्र प्रभावकारी हुन्छ र मत बटुलिन्छ भन्ने पनि होइन । अहिले चुनाव प्रचारका लागि फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालका वेबसाइटहरु पनि प्रभावकारी माध्यम बन्दै गएको छ । तथापी चुनाव ताका गरिने घरदैलो अभियान मतदातासँग प्रत्यक्ष मत माग्नने मात्र नभई आफ्नो शतिm प्रर्दशन गर्ने अवसरको रुपमा पनि उम्मेद्वारले लिने गरेका छन् । यसले मतदाताको ध्यान खिच्न तथा प्रभाव बढाउन मद्दत भने अवश्य गर्छ ।