Breaking

मेयरको चर्चाले छायामा उपमेयर, यतिका अधिकार हुँदा पनि निरिहता किन?


काठमाडौँ — स्थानीयतहको निर्वाचनआँगनमै आइसकेकोले उम्मेद्धारहरु प्रचारप्रसारमा छन । विभिन्नपदकालागिमनोनयन गरेका डेढ लाखउम्मेदवारहरू चुनावीप्रचारमा रहँदाचर्चा भने मेयर र गाउपालिकाअध्यक्षको मात्र देखिएको छ । यो चर्चाको भिडमा न्यायिकअधिकार सहित ८ प्रकारकाअधिकार प्राप्तउपप्रमुखवाउपाध्यक्षभने ओझेलमा परेका छन । सत्ता गठबन्धन चुनावीतालमेल सहितनिर्वाचनमाजाने निर्णयमापुग्दा सबैभन्दा टाउको दुखाईको विषय पद वाँडफाड बनेको थियो । त्यसमापनिमहानगर र उपमहानगरको प्रमुख सबैको चर्चाको विषयबन्दाउप्रमुख पद भने विकल्पमात्रबन्यो । यसअघि पनिकानुनीबाध्यताका कारण महिलालाई केवलउपप्रमुखमाखुम्चाईदाँउनीहरु विगतको कार्यकालमाचुपको अवस्थामै रहेका थिए । अहिले निर्वाचनको प्रचारका क्रममा समेत मेयरको वाअध्यक्षको चर्चाकाबीचउपप्रमुख र उपाध्यक्ष छाँयामा परेका छन ।

कामकर्तव्य र अधिकारका सवालमाप्रमुख र अध्यक्षभन्दाउपप्रमुख र उपाध्यक्षवलिया छन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले जनप्रतिनिधिकाकाम, कर्तव्य र अधिकार प्रस्ट रूपमा छुट्याइदिएको छ । जसमाउपाध्यक्षवाउपप्रमुखको काम, कर्तव्य र अधिकार भनेर– न्यायिक समितिको संयोजकभई कार्य गर्ने, अध्यक्षवाप्रमुखको अनुपस्थितिमानिजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ संस्थाकाक्रियाकलापको समन्वयगर्ने, उपभोक्ताहित संरक्षण सम्बन्धीकार्यको समन्वयगर्ने, योजनातथाकार्यक्रमको अनुगमनतथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने, सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वयगर्ने तथा सातदिनभन्दा बढी समय गाउँपालिकावानगरपालिकामाअनुपस्थितहुने भएमाअध्यक्षवाप्रमुखलाई जानकारी गराउने भनिएको छ ।

तर काठमाडौ महानगरको सवालमा समेत झण्डै पाँचदर्जन प्रत्यासी रहँदा केवलएमालेकी सुनिता डंगोलको मात्र केहि चर्चा सुनिएको छ । मेयरमाप्रमुखदलदेखि स्वतन्त्रसम्मको चर्चा हुँदा गठबन्धनकै उप्रमुखकाउम्मेद्धार नेकपाएकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ नै गुमनामअवस्थामा देखिएका छन । न्यायिक समितिको संयोजकका साथै बजेट निर्माणमा पनि महत्वपूर्ण भूमिकापाएकाउप–प्रमुखहरूमध्ये अधिकांशमहिला रहेका छन्।पालिकाहरूमा बजेट तथाकार्यक्रमतर्जुमा समितिको संयोजकउप–प्रमुखहुने व्यवस्था छ भने उनीहरूले छलफलपछि ल्याएकाकार्यक्रमलाई कार्यपालिकाको बैठक र पालिका सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ।तर यतिकाभूमिकाभएको यो पद भने मेयरको ओझेलमा पर्ने गरको छ ।
हेर्दा उपप्रमुखमा २ हजार १ सय ७५ र उपाध्यक्षमा२ हजार ४ सय ७जनाचुनावी मैदानमा छन । तर चर्चाको केन्द्र महानगरपालिकाभित्रकै उपप्रमुख कोको छन भन्नेविषयमासमेत चर्चा हुन गरेको छैन ।अर्र्थात निर्वाचन अघिबाटै छायाँमा पर्ने गरेको यो पदनिर्वाचिन भएपछिकामकर्तव्य र अधिकार प्रयोगमा समेत पेलानमा पर्ने गरेको छ । हुन त अधिंकाशपालिकामाउपप्रमुखवाउपाध्यक्षमहिलाहुने र समाजमामहिलाले के नै गर्न सक्छन् र?भन्ने खालको सोचव्याप्त रहुनले समेत यसमाप्रभावपारिरहेको छ । अर्कातर्फ आफ्ना कामकर्तव्य र अधिकारमा सचेत नहुँदाप्रमुखवाअध्यक्षको दवावामा बस्नुपर्ने अवस्था समेत छ । फलत यो पद भूमिकाविहिननभएको प्रमाणित गर्र्न उप–प्रमुखहरूको क्षमताअभिवृद्धि गर्नुपर्ने आवश्यकतासमेत देखिन्छ ।