Breaking

ओली–प्रचण्ड भिडेरै सकिन्छन्, विप्लव झनै अभिसाप बन्दै, काँग्रेस दुबै थरीलाई भिडाएर मजा लिँदै, यस्तै छ कम्युनिष्टको चित्र


काठमाडौँ — नेपालको राजनीतिमा ६० प्रतिशतभन्दा धेरै कम्युनिष्ट जनमत रहेको छ । बद्लिदो सपनासहित जनताको बीचमा गएका कम्युनिष्टलाई जनताले नपत्याएका पनि होइनन् । तर आपसमै भिडेर घाइते भएका उनीहरुलाई फरक विचारधाराका दलहरुले झनै जुधाएर फाइदा लिइरहेका छन् । एउटा शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्व गरेका छन्, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले । गत निर्वाचनमा एमाले पहिलो बनेपछि उनै ओली कम्युनिष्टका ठुला नेता कहलिए । अहिलेको निर्वाचनमा पनि पहिलो हुने हुटहुटी छ । तर पार्टी विभाजन भयो ।

एमालेबाटै चोइटिएर अर्का ठुला कम्युनिष्ट नेता माधवकुमार नेपाल फरक पार्टी बनाए ।उनलाई फरक पार्टी बनाउन टेको दिने र थपथप्याउने काम भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरे । अहिले ओलीले प्रचण्डको नाम लिन चाहँदैनन्, माधव नेपालको लिएपछि मुख कुल्ला गर्छन् । किनकि ओलीलाई खाइपाइ आएको सत्ताबाट निकाल्ने काम यीनै प्रचण्ड–माधवले गरेका हुन् । पहिलाकाँग्रेसलाई बोकेर ओली हटाउन सफल भए, अहिले काँग्रेसले बोकिदिओस् र निर्वाचनमा तङग्रिन पाइयोस् भन्ने प्रार्थना गरिरहेका छन् ।

किनकि यी दुई ठुला कम्युनिष्ट नेताको जोरजुलुम उद्देश्य भनेकै कुनैपनि हालतमा ओलीलाई उठ्नै नदिने गरि पछार्ने हो । अहिले उनीहरु ओलीकै विरुद्ध गठबन्धन बनाएर चुनावमा छन् । नेपालका कम्युनिष्टहरुमध्ये आफुलाई नै सक्कली दाबी गर्ने नेकपा एमाले राजावादीहरुलाई बोकेर स्थानीय तहको निर्वाचनमा होमिएको छ ।एमालेले राजा चाहन्छ भनेर बेला बेलामा विपक्षीहरु आलोचना गरिरहेका हुन्छन् ।अनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीजस्ता अर्काेथरि कम्युनिष्ट छन्, जसले एमालेलाई नक्कली भन्छन्, उनीहरु प्रजातान्त्रिक विचारधाराको नेपाली काँग्रेसको फेरो समाएर निर्वाचनमा तङग्रीन खोजिरहेका छन् ।कम्युनिष्ट हुनुको कुनै अस्तित्व नै छैन ।

यता फेरि सत्ताको भोग चलन गर्न नपाएका विछट्टै देखिने अर्काेखाले कम्युनिष्ट छन् । जसमा मोहन वैद्य, सीपी गजुरेल, ऋषि कट्टेल र नेत्रविक्रम चन्दविप्लवलगायतका पर्छन ।त्यसमध्ये पनि विप्लव नेतृत्वको नेकपाले आफुमा वैकल्पिक शक्तिको धंगधगी देखाएर उग्रवामपंक्तिको पहिचान बनाएको धेरै भएको छैन । झण्डै चारबर्ष अघि प्रचण्डले जनयुद्धको अभिभारा अलपत्र पारेको भन्दै यो समूह हिंसात्मक राजनीतिमा होमिएको थियो । जनता एक खाले विश्वास गरेका थिए । त्यसको दुईबर्षपछि शान्तिपूर्ण राजनीतिमा आयो । अहिले यही व्यवस्थालाई स्वीकारेर निर्वाचनमा जाने कि पुरानै हैसियतमा बसिरहने वा व्यवस्था परिवर्तनका लागि योगदान दिने पार्टीभित्र चर्किदो विवादमा फसेपछि बुधबारमात्रै विभाजित बनेको छ ।

एमाले जस्ता कम्युनिष्ट माओवादी जनयुद्धलाई ‘हत्यारा’को आरोप लगाउने हदसम्म अनैतिक बन्दै छन भने अर्कातर्फ एमालेको गौरवपूर्ण गाथामा हस्ताक्षर गरेकाहरुले उसैलाई ‘धूलोपीठो बनाउने’ शपथ खाएका छन ।अहिले कम्युनिष्ट पार्टीको यथार्थ बेहाल सपना जस्तो बन्दै गएको छ ।नेपाली काँग्रेस दुवैथरिलाई भिडाएर निर्वाचनदेखि आगामी राजनीतिकसम्म एक्लै फाइदा लिने तयारीमा छ । त्यसको प्रतिफल काँग्रेसलाई यही स्थानीय तह निर्वाचनमा हुने देखिन्छ । अर्काेथरि राजावादी छन्, जसले बलियो जग भएर पनि कम्युनिष्टकोकमजोर वर्तमानको फाइदा उठाएर पुनः डेढ दशक अघि पाखा फालिएको शासन सत्तामा पुग्न चाहन्छन् । रुची भएर पनि नेपालका कम्युनिष्ट र तीनका व्यवहार जनताका समस्या जस्तो देखिन थालेका छन् ।