देश

नेपाली कांग्रेसले धोका खाए पनि अरूलाई धोका दिँदैन: देउवा


काठमाडौँ — प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले धोका खाए पनि अरू कसैलाई धोका नदिने बताएका छन् । नेपाली कांग्रेस मोरङले आज बुधवार विराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो । शङ्का उपशङ्का पैदा गर्ने काम गर्नु हुँदैन । नेपाली कांग्रेसले धोका खाएको हो, अरूलाई धोका दिँदैन भन्ने कुरा सबै साथीले बुझ्नुस् । यस्तो मौका गुमाउनु हुँदैन । उचाल्ने पछार्ने मानिस धेरै छन् ।’

कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको बताउनुभएको छ । पालिकामा गठबन्धनका उम्मेदवार जिताउन अपिल गरे । सत्तारूढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको स्पष्ट पार्नुभयो । अहिले कसैको डर र त्रास नभएको अनुभूति नागरिकाले गरेको बताउँदै प्रजातन्त्रको फल गाउँ तहसम्म पुर्‍याउन गठबन्धन बनेको धारणा राखे।